उन्मुक्तीका कैलाली अध्यक्ष प्रदीप चौधरी पनि उज्यालो नेपाल पार्टीमा

धनगढी, कात्तिक २६ गते/ नागरिक उन्मुक्ती पार्टी कैलालीका जिल्ला अध्यक्ष प्रदीप चौधरी पनि उज्यालो नेपाल पार्टीको संस्थापक केन्द्रीय सदस्य भएका छन् ।
०७४ को निर्वाचनबाट कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष समेत भइसकेका चौधरी बिस्तारै नागरिक उन्मुक्तीका नेता कार्यकर्ता उज्यालो नेपालमा आउने बताउछन् ।
कैलालीमा उन्मुक्तीले कैलालीमा तीनवटा प्रतिनिधि सभा सदस्य, सात जना प्रदेश सदस्य र चारवटा पालिका जितेको छ ।
चौधरीको निर्वाचन आयोगमा बुझाइएको सूचीमा प्राविधिक कारण नाम छुटे पनि उनी संस्थापक रहेको र त्यही रुपमा समेटिने उज्यालो नेपाल पार्टीले बताएको छ ।




