बुढीगंगा नगरपालिकाको निर्णय : अस्थायी करार र ज्यालादारी कर्मचारीको म्याद नथपिने

महेन्द्रनगर, असोज ३०/ बाजुराको बुढीगंगा नगरपालिकाले करार र ज्यालादारीमा कार्यरत करिब ८० अस्थायी कर्मचारीलाई कार्तिक १ गतेदेखि कार्यमुक्त गर्ने निर्णय गरेको छ।
नगरपालिकाको ४९ औँ कार्यपालिका बैठक तथा चालु आर्थिक वर्षको तेस्रो बैठकले यस्तो निर्णय गरेको हो। नगर प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष हेमराज जैशीका अनुसार, आन्तरिक आम्दानी कमजोर हुनु र प्रदेश तथा सङ्घ सरकारबाट अपेक्षित सहयोग नपाउँदा अस्थायी कर्मचारीको म्याद थप गर्न नसकिएको हो।
बजेट अभाव, काममा असरको अनुमान
बुढीगंगा नगरपालिकामा हाल विकासीय बजेटबाट तलब पाइरहेका ८० जना अस्थायी कर्मचारी कार्यरत छन्। नगरपालिकाका १० वटै वडामा कार्यरत यी कर्मचारी हटाइएपछि केही सेवा प्रवाहमा समस्या आउन सक्ने अनुमान गरिएको छ।
स्थायी दरबन्दीमा रहेका कर्मचारीहरूबाट नियमित सेवा प्रवाह सुनिश्चित गर्ने निर्णय गरिएको छ जैशीले बताए।
कार्यपालिकाका थप निर्णयहरू पनि
बैठकले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अन्य प्रशासनिक निर्णयहरू समेत लिएको जनाइएको छ।
बुढीगंगा नगरपालिकाको यो निर्णयले स्थानीय तहमा अस्थायी रूपमा रोजगारी गरिरहेका कर्मचारीको भविष्यमा अनिश्चितता थपेको छ। आगामी दिनमा नगरपालिकाको सेवा प्रवाहमा कस्तो असर पर्छ भन्नेबारे सर्वसाधारणमा चासो बढेको छ।




