१९ मंसिर २०८२, शुक्रबार

ऊर्जावान विपिनको अन्तिम सम्झना : इजरायली पूर्वराजदूत गोदारको श्रद्धाञ्जली




काठमाडौं, असोज २८/ इजरायली हमास आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली प्रकट गर्दै इजरायलका लागि नेपालका पूर्वराजदूत हानान गोदारले जोशीलाई ‘ऊर्जावान र क्षमतावान’ युवा भनेर स्मरण गरेका छन्।

विपिनसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विदाईको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै पूर्वराजदूत गोदारले लेखेका छन्


दुई वर्षको आशा आज अन्त्य भयो।
सो तस्बिर लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत विपिन इजरायल जानुअघि खिचिएको हो। गोदारका अनुसार विपिन न केवल आफ्नो परिवारप्रति समर्पित थिए, उनीसँग आफ्नो समुदाय र राष्ट्रका लागि योगदान दिने स्पष्ट सपना थियो।

सधैं सम्झिरहनेछु उनलाई– गोदार
गोडारले फेसबुकमा लेखेका छन्, उनी एक ऊर्जावान विद्यार्थी थिए, जसको लक्ष्य स्पष्ट थियो—अवसर पाउनेबित्तिकै योगदान दिने।
विपिनको मृत्युले आफू गहिरो दुःखमा परेको उल्लेख गर्दै, उनले उनलाई सधैं सम्झिरहने बताए।

शव फिर्ता, तर पर्खाइ अझै बाँकी
हमासले हालै इजरायलको किवुत्ज क्षेत्रमा गरेको हिंसात्मक आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए। विपिन जोशी लामो समयदेखि वेपत्ता थिए।
इजरायली अधिकारीहरूले उनको शव मंगलबार नेपाललाई हस्तान्तरण गरेका छन्, तर डीएनए परीक्षणपछि मात्र औपचारिक रूपमा पहिचान गरिनेछ, नेपाली राजदूतावासले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार