१८ मंसिर २०८२, बिहीबार

चैतमा बसाइँसराई गरेर आएका युवकको घाँटी रेटी हत्या



घोडाघोडी (कैलाली), असोज २५
कैलालीको घोडाघोडी नगरपालिका–८, जरही गाउँमा भयावह घटना घटेको छ। सुर्खेत जिल्ला, चौकुने गाउँपालिका घर भई गत चैतमा बसाइँ सरेर आएका २८ वर्षीय केशरबहादुर बुढाको शुक्रबार राति आफ्नै साथीहरूले घाँटी रेटी हत्या गरेका छन्।
घटनाले सिंगो गाउँलाई स्तब्ध बनाएको छ।

हत्या आरोपमा सोही गाउँका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले घटनापछि मृतकको टाउकोसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। उनीहरू हाल प्रहरीको नियन्त्रणमा छन्।

मदिरा सेवनपछिको झगडाले लियो ज्यान
इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार, तीन जना साथीसँग मदिरा सेवन गरेका केशरबहादुर बुढाको विवादका क्रममा कुटपिट हुँदा मृत्यु भएको हो। त्यसपछि तीमध्ये एकले घरबाट धारिलो हतियार ९गरसा० ल्याएर घाँटी रेटेर हत्या गरेका थिए।
हत्या गरेर मृतकको टाउको बोकेर आरोपीहरू वडा नं। ६ स्थित अस्थायी प्रहरी चौकीमा पुगेका थिए।

शव राति भरि घटनास्थलमै
सुर्खेतबाट मृतकका आफन्त आउन ढिला भएको कारण शव राति भरि घटनास्थलमै राखिएको थियो। प्रहरी टोली भने टाउको रहेको प्रहरी चौकी र शरीर रहेको स्थानमा दिनभर तैनाथ रह्यो।

श्रीमतीको पीडा “रिचार्ज र मासु ल्याउँछु भनेका थिए”
मृतक केशरकी श्रीमती अस्मिता बुढा घटना सुनेपछि तनावग्रस्त बनेकी छन्।
उनी भन्छिन्, “रिचार्ज र मासु ल्याउँछु भनेर पाँच सय रुपैयाँ लिएर जानुभयो। म त कपडा धोएर अरूको धान बान्न गएकी थिएँ। रातिसम्म नआएपछि डर लाग्न थाल्यो। कसैसँग झगडा नगर्ने मेरो श्रीमानलाई कसरी यस्तो भयोरु”

केशरले आफ्नो परिवारलाई पाल्न भारतमा मजदुरी गर्दै आएका थिए। दशैं मनाउन १५ दिनअघि मात्रै घर फर्केका उनी केही दिनभित्रै पुनः भारत जान तयारीमा थिए। अस्मिता र केशरका एक छोरी र दुई छोरा छन्।

‘हत्यारा आफ्नै सन्तान’ — गाउँले स्तब्ध
घटनामा संलग्न युवाहरू भारतबाट हालै मात्र फर्किएका थिए। उनीहरूको परिवार पनि भारतमै रोजगारीमा छन्।
स्थानीय वडासदस्य भविसरा भण्डारीका अनुसार, हत्यामा संलग्नमध्ये एकजना मृतकसँग नाताले सम्बन्धित पर्न सक्छन्।

असुरक्षित बन्दै जरही गाउँ
सुखड बजारबाट झण्डै आठ किलोमिटर भित्र पर्ने यो गाउँ पछिल्लो समय असुरक्षित बन्दै गएको स्थानीयको गुनासो छ। कुटपिट, झैझगडा र आगजनीका घटनाहरू बारम्बार हुने गरेका छन्। केही दिनअघि वडाध्यक्ष र स्थानीय युवाबीचको विवादले समेत स्थिति तनावपूर्ण बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार