सुदूरपश्चिममा मनसुन बाहिरियो, मंगलबारसम्म हल्का वर्षा भने हुने

धनगढी/ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा मंगलबारसम्म हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने बताइएको छ । अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका हाल बङ्गालको खाडीबाट सक्रिय भएको मनसुनी प्रणालीका कारण प्रदेशका केही भागमा मौसम बदलीसँगै वर्षा हुन सक्छ। तर सुदूरपश्चिमबाट मनसुन बाहिरिएको छ ।
मनसुन पूरै समाप्त नभएकाले र स्थानीय वायुप्रणालीको असरले गर्दा कञ्चनपुर र कैलालीका केही क्षेत्रमा वर्षा सम्भावना छ महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका प्रमुख इन्जिनियर संजय साहले बताए ।हालको अवस्थामा ठुलो वर्षाको जोखिम छैन, तर स्थानीय वायुले मौसममा आंशिक प्रभाव पारेको देखिन्छ, इन्जिनियर साहले जानकारी दिए।
सोमबार कञ्चनपुर र कैलालीमा आंशिक बदलीसँगै सामान्य वर्षा भएको बताइएको छ। आगामी एकदुई दिन मौसम यस्तै रहने देखिएको र सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्रदेशभर व्यापक वर्षा नहुने भए तापनि, स्थानीय स्तरमा वर्षाले सामान्य जनजीवनमा असर पुर्याउन सक्ने सम्भावना भएकाले सतर्कता आवश्यक रहेको कार्यालयले जनाएको छ।




