धनगढीमा अपि सैपाल होटल नयाँ व्यवस्थापनका साथ

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित अपि सैपाल होटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । स्वादिष्ट खानाका परिकार उपलब्ध गराउँदै आएको होटलको सोमबार एक समारोहकाबिच समुदघाटन गरिएको हो ।

होटलका सञ्चालक मोहन खरेलसहित तीन जनाको लगानीमा बन्द हुन पुगेको होटललाई पुनः सञ्चालनमा ल्याइएको जनाइएको छ ।
खरेलका अनुसार होटलमा ११ लाख बढी लगानी गरिएको छ । उनले भने स्वादिस्ट खानाको परिकार, कालिजको सुप तथा मासुका परिकारहरु होटलको विशेषता रहेको छ ।




