१८ मंसिर २०८२, बिहीबार

“ओलीविहीन ब्यानर: एमाले कार्यालयमा नयाँ सन्देश”



काठमाडौं / जेनजी आन्दोलनले क्षतविक्षत बनाएको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय फेरि सक्रिय बन्दै गएको संकेत देखिएको छ। आगजनी भएको पाँच दिनपछि, एमाले कार्यकर्ताहरूले सो कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर नराखिएको ब्यानर झुन्ड्याएका छन्।

ूफेरि उठ्ने छौँ भन्ने सन्देश बोकेको उक्त ब्यानरमा पार्टीका आदर्श व्यक्तित्वहरू—पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर मात्र राखिएको छ।

ब्यानरमा थप लेखिएको छ
नेकपा एमालेको एकता बचाऊँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ

ओलीको तस्बिर नहुँदा विभिन्न राजनीतिक सन्देह र चर्चा सुरु भएका छन्। हाल ओली सुरक्षाको कारणले एक सेनाको ब्यारेकमा आश्रयमा छन्। तर, उनी कहिले सार्वजनिक रूपमा देखा पर्नेछन् भन्नेबारे निश्चित जानकारी छैन।

यसबिच, ब्यानरमार्फत कार्यकर्ताहरूले एमालेको वैचारिक जग बलियो पार्न नेतृत्वभन्दा आन्दोलन र सिद्धान्तलाई प्राथमिकता दिने सन्देश दिन खोजेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार