जिएनजेडको आन्दोलन पाँच जनाको मृत्यु

काठमाडौं/ जिएनजेड (युवापुस्ता) ले सोमबार गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्। घाइतेमध्ये ३० जनाको वीर अस्पताल र १०० जनाको सिभिल अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुनेमा धनकुटा घर भएका पारुहांग उथुमी राइ अरु दुईजना रहेका छन् । तीनमध्येक एक जनाको बानेश्वरमै मृत्यु भएको जनाइएको छ ।
एक जनाको भने सिभिल अस्पतालमा मृत्यु भएको अस्तालका निर्देशक डा। मोहनचन्द्र रेग्मीले बताए भने केही गम्भीर घाइते भएका छन् ।
संसद भवनमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले रबरको गोली चलाएको बताइएको छ ।
यसक्रममा आन्दोलनमा घुसपैठ भएको भन्दै जिएनजेडले आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ ।





