१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि, भण्डारीले रिबन काटिन




काठमाडौ/ प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको नयाँ कार्यालय उद्घाटन समारोहमा सहभागी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी हीरक जयन्ती समारोहको कार्यालयको रिबन काटेर उद्घाटन गरेकी छन् ।


बानेश्वरको थापागाउँमा सो कार्यालयको विहीबार उद्घाटन गरिएको हो । प्रधानमन्त्री ओलीलाई सो कार्यालयको उद्घाटनका लागि औपचारिक रूपमा निमन्त्रणा गरिएको थियो । प्रधानमन्त्री ओली नआएपछि पूर्वराष्टपति तथा एमालेका पूर्व उपाध्यक्ष भण्डारीले सो कार्यालयको रिबन काटेर उद्घाटन गरेकी हुन ।

स्रोतका अनुसार, फाउन्डेसनको संयोजक डोरमणि पौडेलले ओलीसँग भेट गरि औपचारिक निमन्त्रणा दिन समय मागेका थिए, तर त्यो समय पनि उपलब्ध नदिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार