धनगढीस्थित कैलाली कारागारमा आफन्तजनको भीड

धनगढी/ धनगढीस्थित कैलाली कारागारमा आफन्तजनको भीड लागेको छ ।
कैदीबीचमा कुटपीट हुँदा शुक्रबार एक जनाको मृत्यु र ३७ जना घाइते भएपछि आफ्न्तहरु कैदी आफन्त भेट्न कारागारमा जम्मा भएका हुन ।
उनीहरुलाई कारागार परिसरको गोल घरमा बस्न दिए पनि कैदीलाई भेट्न दिइएको छैन । आफन्तरुले दुई घण्टादेखि पर्खिदा पनि कैदी आफन्तलाई भेट्न नपाएको गुरासो गरेका छन् ।
कारागारमा ६८० जना कैदीलाई राखिएको छ । दुई दिन पुग्न लाग्दा पनि कारागार कैदीहरुकै नियन्त्रणमा छ ।





