यी हुन कैलाली कारागारका घाइते

धनगढी/ कैलाली जिल्लाको धनगढीस्थित कारागारमा कैदीहरूबीच भएको झगडामा एक कैदीको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार मृतक धनगढीका भरत चौधरी हुन्। शुक्रबार भएको झगडामा ४७ जना कैदी घाइते भएका छन्। उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
यसबाहेक, बिहीबार पनि कारागारभित्र कैदीहरूबीच झगडा भएको थियो, जसमा केही कैदीहरू सामान्य घाइते भएका थिए।
लगातार झगडाले स्थिति जटिल बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहितको टोली घटनास्थल पुगेको थियो। उनीहरूले विवाद समाधानको प्रयास गरे पनि अवस्था थप तनावपूर्ण बन्दै गएको बताइएको छ।
अहिले कारागारको सुरक्षालाई थप कडा बनाइएको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
घाइतेको नामावली
१. सुरेन्द्र बम, गोदावरी-८ कैलाली
२. रोशन शाही, धनगढी- ५ कैलाली
३. जीवन खत्री गोदावरी नगरपालिका-९ कैलाली
४. नविन नाथ, गौरीगङ्गा-७ कैलाली
५. शरद चौधरी, धनगढी-५ कैलाली
६. नरेश राना, धनगढी-१३ कैलाली
७. वसन्त खत्री, धनगढी-८ कैलाली
८. राम निवास राना, धनगढी-१० कैलाली
९. कर्ण सलामी मगर, मोहन्याल-३, कैलाली
१०. अभिषेक चौधरी, घोडाघोडी-५ कैलाली
१. धिरज बम, बर्दगोरिया गाउँपालिका-१ कैलाली
१२. मेकेन्द्र गिरी, त्रिवेणी नगरपालिका-८ बाजुरा
१३. रन्जित सिंह, लखिमपुर कवेरी, भारत
१४. निरज जैशी, जानकी गाउँपालिका-९ कैलाली
१५. जगदिश राना, धनगढी-१० कैलाली
१६. हिमाल राना, धनगढी-८ कैलाली
१७. बल राना, धनगढी-५ कैलानी
१८. हर्क गिरी, धनगढी-१८ कैलाली
१९. जनक भण्डारी, लम्कीचुहा-१० कैलाली
२०. किशोर खडायत, भिमदत्त-८ कञ्चनपुर
२१. अमित भुल, टिकापुर-१ कैलाली
२२. कल्पेश विष्ट, टिकापुर-१ कैलाली
२३. दीपक खत्री, गोदावरी-१० कैलाली
२४. दिनेश साउँद, लम्कीचुहा-१ कैलाली
२५. रवि चौधरी, धनगढी-४ कैलाली
२६. अङ्कित बाँनिया, पालिनन्दन-१ नवलपरासी
२७. सिद्धार्थ बडेला, गोदावरी-९ कैलाली
२८. बिवेक चौधरी, जोशीपुर-१ कैलाली
२९. मनिष चौधरी, कैलारी-८ कैलाली
३०. गौरब बम, शुक्लाफाँटा-८ कञ्चनपुर
३१. विवस चौधरी, घोडाघोडी-३ कैलाली
३२. शिव थापामगर, टिकापुर-१ कैलाली
३३. अर्जुन खड्का, धनगढी-१३ कैलाली
३४. मिनबहादुर विष्ट, अमरगढी-४ डडेल्धुरा
३५. नरेन्द्र घरेडी, डिलासैनी गाउँपालिका-२ बैतडी
३६. देवेन्द्र सिंह, जानकी गाउँपालिका-२ कैलाली
३७. सन्जु दमाई, बर्दगोरीया-३ कैलाली
३८. विरेन्द्र चौधरी, गोदावरी-१ कैलाली
३९. मानवीर चौधरी, धनगढी-८ कैलाली
४०. मिलन चन्द, धनगढी-५ कैलाली
४१. बिरबहादुर विष्ट
४२. आयुश भट्ट, गोदावरी-२ कैलाली
४३. एकेन्द्र भाट, धनगढी-६ कैलाली
४४. सुरेश राना, पुनर्वास-१ कञ्चनपुर
४५. पङ्कज चौधरी, धनगढी-२ कैलाली
४६. पुष्पेन्द्र रानार, लखिमपुर खिरी वनगाउ भारत
४७. जनक देउवा, धनगढी-५ कैलाली




