१८ मंसिर २०८२, बिहीबार

कुटपीटमा परेर कैलाली कारागारमा भरत चौधरीको मृत्यु, ४७ जना घाइते



धनगढी / कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा धनगढी उपमहानगरपालिका – ४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । भने ४७ जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)राजकुमार सिंहले कैदीबन्दीबीच झडप हुँदा चौधरीको मृत्यु भएको बताए ।

मृतक चौधरी लागुऔषध मुद्दामा कारागारमा थिए । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।उनीहरू मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कैलाली कारागारमा केही दिनदेखि कैदीबन्दीबीच झडप भइरहेको थियो । यसक्रममा बिहीबार राति पनि झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार