१९ मंसिर २०८२, शुक्रबार

मुख्यमन्त्रीको भाषण सुन्दा सुदूरपश्चिममा रामराज्य छ जस्तो लाग्यो




धनगढी/ प्रदेश सभा सदस्य ओमविक्रम भाट सरलले मुख्यमन्त्रीको भाषण सुन्दा सुदूरपश्चिममा रामराज्य छ, अब केही चाहिदैन भन्ने खालको रहेको टिप्पणी गरेका छन् । उनले यो पछिल्लो एक वर्ष ठुला काण्डको वर्ष भयो उनले थपे ।


मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रक्रियामा आफ्ना भनाइ राख्दै प्रदेश सभा सदस्य भाटले सो कुरा बताएका हुन ।

एक वर्ष नपुग्दै विश्वासको मत लिने कुरा ठिक होइन उनले भने दुई मन्त्री वर्खास्त किन भए किन उनीहरुमाथि छानविन भएन । फेरि त्यही पार्टीलाई मन्त्री दिएर सरकारमा ल्याउन खोज्नु सुशासन होइन ।


उनले राजधानी सार्ने कुरा गलत हो भन्दै राजनीति फाइदाका लागि राजधानी सार्नु ठिक होइन भने । उनले राजधानी किन सार्न जरुरी छ भनेर प्रश्न ससमेत गरे ।


सरकारले छाउपडी लगायतका कुसंस्कार अन्त्य गर्न, ससीसीटिभी राखेर दुर्घट्ना कम गर्न काम नगरेको पनि बताए ।


माओबादी नेता भाटले भने यो सरकारले कतिलाई रोजगारी सृजना गर्ने गरेर काम गर्यो । भारत लगायतका विदेश जान कति रोकिए भन्ने प्रश्न समेत गरे ।


स्थीर सरकार भन्नेले बागमतीमा के गरेको हो उनले भने संघीय सरकारका मन्त्रीका कस्ता गतिविधि छन सयो कसले सोच्ने । दुईतिहाइका बलमा गलत गतिविधि गर्न नहुने र जनताप्रति उत्तरदायी हुनुपर्नेमा समेत उनले जोड दिए ।

उनले वर्तमान सरकारले सुदूरपश्चिमको हीतमा काम नगर्ने भन्दै आफ्नो दल माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत नलिने बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार