१९ मंसिर २०८२, शुक्रबार

लामिछानेलक्षित ओलीको भाषण : ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भन्ने ?




चिसापानी, कर्णाली (कैलाली)/ प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै उनीमाथि आफूले कुनै प्रतिशोध नराखेको दाबी गरेका छन् ।


रानी जमरा कुलरिया सिंचाइ आयोजनाबाट उत्पादित ४ दशमलव ७१ मेगावाट विद्युत र १४ हजार ३०० हेक्टर सिंचाइको प्रणालीको मङगलबार कैलालीको जानकी गाउँपालिका–९ कटाँसेमा उद्घाटन गर्दै उनले लामिछानेको थुनामा जानुमा आफ्नो र सरकारको हात नरहेको प्रतिक्रिया दिए ।


प्रधानमन्त्री ओलीले भने आफूले लामिछानेलाई गृह र उपप्रधानमन्त्री बनाएर स्थापित गरेको दाबी गरे ।


रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानलाई व्यंग्य गर्दे प्रधानमन्त्रीले त्यो तीन करोडभन्दा माथि नपुगोस भने । उनको आशय हस्ताक्षर अभियान किर्ते रहेको भन्ने थियो ।


‘विभिन्न किसिमका अपराध गर्यो अनि सरकारलाई गाली गर्यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन, ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्रतिशोध, के को प्रतिशोध ?’, प्रधानमन्त्रीले प्रश्न गरे ।


संसदमा लोकतन्त्र र संसदीय व्यवस्था विरोधी छन् तरमारा दलहरु पनि छन विरोध गर्नु कुन ठूलो कुरा भयो र ? उनले थप टिप्पणी गर्दे भने ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार