१९ मंसिर २०८२, शुक्रबार

धनगढीस्थित जिल्ला कारागारमा कुटाकुट




धनगढी/ पटकपटक कुटाकुट हुने कैलाली जिल्ला कारागार भित्र शनिबार पनि सोही घट्ना दोहोरिएको छ ।

सो कुटाकुटको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख बालनरसिंह राणा कारागाार पुगेको छन् । कसले किन कुटाकुट गरे खुलेको छैन हामी कुटाकुटको कारण कारागार खोज्दै छौ । यसक्रममा भित्रका कैदी तथा थुनुवाहरूसँग अहिले सोधपुछ गरिरहेको छु प्रमुख राणाले बताए ।

कुटाकुटका क्रममा एक जनाको नाकमा चोट लागेको बताइएको छ ।

कारागारमा थप सुरक्षाकर्मी पुगेका छन् । पत्रकारहरूलाई प्रवेश गर्न अनुमति दिइएको छैन ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का हरिसिंह पालीको यसअघि कारागारमै मृत्यु भएको थियो । उनको पनि कुटेर हत्या गरिएको भन्दै कैलाली प्रहरीमा जाहेरी दर्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार