१९ मंसिर २०८२, शुक्रबार

युवालाई क्यारियर काउन्सिलिङ तालिम



धनगढी/ युवालाई क्यारियर काउन्सिलिङ तथा मार्ग निर्देशन सम्बन्धी तीन दिने प्रदेशस्तरीय परामर्श तालिम धनगढीमा सम्पन्न भएको छ ।

गुड नेवरको सहयोगमा सेवक नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत भएको तालिम मंगलबार सम्पन्न भएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खडक नेपालीहरूको मनस्थिति पढेर नेपालमा जागिर पाइदैन भन्ने भइसकेको बताए ।

नेपालीको मनस्थिति धेरै बिग्रेको छ, राज्यमन्त्री खडकाले भनिन्, हामीले पढेर यहाँ जागिर त पाउँदै त्यसको लागि विदेश जानै पर्छ । कक्षा १२ पढेर कलेज पढन चाहँदैनौं । कलेज पढनु भन्दा जापनिज, कोरियन भाषा सिक्नु पर्छ । हाम्रासँगैका साथीभाइ कमाउने भैसके, पैसा घरमा पठाउन भइसके र हामी कहिले गर्ने हो । आजभोलि सबैभन्दा बढी पढने विद्यार्थीलाई चिन्ता छ ।

उनले भनिन्, धेरै भाइबहिनीहरू कुलतमा फँसिरहेका छन् । दैनिक घटना विवरण हेर्दा लागुऔषधमा फसेको, आत्महत्या गरिरहेको, युवा मदिरा सेवन, जुवा खेलीरहेको अवस्था छ । १२ कक्षापछि विदेश पलायन भएका छन् ।

सररकारले स्वरोगरको लागि अवसर जुराई दिने मात्र हो, तर यसको लागि युवापिढी अग्रसर हु्न जरुरी रहेको उनले बताइन् ।
केही गर्नलाई मनोबल उच्च रख्ना जरुरी रहेका छ, आफ्नो जीवनलाई सेटल कसरी राख्ने, आर्थिकसँग कसरी जोडने त्यतातिर ध्यान जान जरुरी रहेको राज्यमन्त्री खडकाले बताइन् । कतिपय विद्यार्थी बिहानको समयमा चिया, तरकारी बेचेर आर्थिकसंँग जोड्दै दिउँसो क्याम्पस जाने गरेको हामीले देखेका छौं, उनले भने । अहिलेका भाइबहिनीहरूले आफूलाई सुधार गरेर लाग्न जरुरी रहेको छ ।

सामाजिक विकास मन्त्रालय आर्थिक अवस्था कमजोर रहेका बालबालिकालाई सहयोग गर्दै आएको पनि उनले बताइन् । नेपालमा लोकसेवा खुलिरहेको छ । निजी क्षेत्रले आवश्यकता मागिरहेको छ । उनले मनोवललाई बलियो बनाएर अगाडि जानुपर्ने बताइन् ।

राज्यमन्त्रीले आफ्नो अनुभव सुनाउँदै एसईईपछि धेरै ठाउँमा जागिरको लागि निवेदन दिएको तर अहिले त्यसै क्षेत्रको अनुगमन गर्ने क्षेत्रमा पुगेको बताइन्।

सेवक नेपालको सहयोगमा अध्ययनन विद्यार्थीहरू कार्यक्रमबाट ड्रप आउट हुन लागेकाले उनीहरूको क्यारियर काउन्सिलिङ तथा मार्ग निर्देशन सम्बन्धी तालिम प्रदान गरिरहेको सेवक नेपालका अध्यक्ष पवन भण्डारीले बताइन् ।

तालिममा कैलाली, डोटी, बाजुरा र दार्चुला जिल्लाका ३० जान सहभागी युवालाई निजामति, बैकिङ क्षेत्र र उद्यमशिलता सम्बन्धी प्रशिक्षण गराइएको उनले बताए । जसमा निजामति सम्बन्धी प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्ट, बैकिङ सम्बन्धी हिमालय बैंकका प्रदेश प्रमुख सरोज रेग्मी र उद्यमशिलता सम्बन्धी रामनानी चौधरीले प्रशिक्षण दिउका थिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष देवी खनाल अहिले तीन तहका सरकारका वेवसाइडबाट धेरै सूचना पाउन सकिने भएकोले युवालाई रुचि राखिदिन आग्रह गरे । तालिममा निभा शाक्यले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार