१८ मंसिर २०८२, बिहीबार

सुदूरका प्रदेश प्रमुख मियाँले कर्णाली पनि हेर्ने




काठमाडौं/ सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको समेत कार्यभार सम्हाल्ने भएका छन् ।

राष्ट्रपति भवन, महाराजगञ्जद्वारा जारी विज्ञप्तिअनुसार कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी निजी भ्रमणका लागि जेठ ५ देखि असार १३ गतेसम्म संयुक्त राज्य अमेरिका जाने भएकाले सो अवधिको कार्यभार सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले सम्हाल्ने भएका हुन ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम र नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसअनुसार नजिर मियाँलाई उक्त जिम्मेवारी तोकेका हुन।

राष्ट्रपति कार्यालयका अनुसार यो कार्यभार प्रदेश प्रमुखको अनुपस्थितिमा अस्थायी व्यवस्थाका रूपमा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार