१९ मंसिर २०८२, शुक्रबार

प्रदेश सभा सदस्य डा. जोशीले गराए एआइ कार्यशाला




धनगढी/सुदूरपश्चिम प्रदेशमा पहिलो पटक एआई सम्बन्धी कार्यशाला भएको छ । डडेल्धुराको क्षेत्र नम्बर (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले सो कार्यशाला गराएका हुन ।

विकासको लागि कृत्रिम बुद्धिमत्ता भन्ने विषयमा केन्द्रीत तीन दिने सेमिनारमा धनगढीका विभिन्न कलेजमा व्याचलर अफ इन्फोर्मेशन म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

डा. जोशीका अनुसार एआईको प्रयोग केवल प्रविधिमा सीमित नरही शिक्षादेखि स्वास्थ्य, कृषि, सुरक्षा र प्रशासनसम्म फैलिएको र यस क्षेत्रमा ठूलो करिअर सम्भावना रहेकोले विद्यार्थीहरूलाई यसतर्फ आकर्षित गर्नसो कार्यशाला आयोजना गरिएको हो ।

डा. जोशीले भने सुदूपश्चिम प्रदेशको बजेटको दिशा कार्यकर्ता रिझ्याउने छ, सार्वजनिक खपतलाई बढी ध्यान दिइन्छ तर प्रविधिमा ध्यान दिइदैन त्यसैले एआइ जस्ता प्रविधिमा ध्यान दिनका लागि दवाव सृजना गर्न प्रदेश सभामै सो कार्यक्रम गरेका छौ ।

कार्यशालामा कृत्रिम बुद्धिमत्ता (एआई) को विकास, सामाजिक तथा प्राविधिक प्रयोग, र नीति निर्माणमा प्रयोगका सम्भावनाहरूका विषयमा विद्यार्थी र विज्ञहरूसँग अन्तरक्रिया भएको थियो ।

अबको बजेटमा एआई एक्सिलेन्स सेन्टर लगायत प्रविधी र उत्पादनमुलक होस भनेर आयोजना गरिएको कार्यक्रममा काठमाडौ युनिभरसिटी एआई डिपाटमेन्ट प्रमुख यज्ञराज पाण्डे, एआईविज्ञ सागर उप्रेती ,सुदिप श्रेष्ठ, रोशन श्रेष्ठ, संजोग नेपाली, रामप्रसाद चौधरी र भेषराज जोशीले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

सो सेमिनारमा कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल क्याम्पस र नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका बिआईएम सङ्कायमा अध्ययनरत ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार