६ पुष २०८१, शनिबार

पत्रकारको चुनावले गठबन्धनको सरकारलाई टिकाउन सहयोग




धनगढी/
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार महासंघको निर्वाचनले वर्तमान गठबन्धनको सरकारको लक्ष्य प्राप्तिको लागि मार्गलाई प्रसस्त गरेको बताएका छन् ।

यो चुनावले दुई ठूला पार्टीको गठवन्धन ठिक छ भन्ने सन्देश दिएको आसय मुख्यमन्त्री शाहको थियो । बुधबार धनगढीमा आयोजित नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन ।

पत्रकार महासंघले अन्योलताका बीचमा केन्द्रदेखि जिल्लासम्म निर्वाचन पूरा गरेर पुनः एकपटक लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको छ मुख्यमन्त्री शाहले भने निर्वाचनले वर्तमान गठबन्धनको सरकारलाई टिकाउन मार्ग दिएको छ , यसमा सहमतिका प्रयासहरु विधि, पद्धति, मूल्य र मान्यतालाई स्थापित गर्न यो निर्वाचनले मुलुक र जनतालाई राम्रो सन्देश दिएको छ ।

मुख्यमन्त्री शाहले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए । सो कार्याक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले सुदूरपश्चिम प्रदेशको सञ्चार ऐन छिट्टै ल्याउने बताए । उनले सञ्चारकर्मीको सुझाव/सल्लाह अनुसार ऐन ल्याउने प्रतिवद्धता पनि गरे । साथै उनले सञ्चार क्षेत्रको विकासमा संगै रहेको पनि बताए ।

सुदूरपश्चिममा प्रेस युयियन र प्रेस चौतारी नेपालको साझा गठबन्धनका तर्फबाट अनुमोदन खवर डटकमका भरतबहादुर शाहको नेतृत्वको टीम निर्वाचित भएको छ ।

पदस्थापन कार्यक्रममा नवनिर्वाचित प्रदेश पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार