१२ पुष २०८१, शुक्रबार

देउवाले भने प्रधानमन्त्री ओलीले राम्रोसंग काम गरिरहेका छन




डडेल्धुरा/ पूर्वप्रधानमन्त्री एव्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले राम्रोसंग सरकार संचालन गरिरहेको टिप्पणी गरेका छन् ।

उनको गृह जिल्ला डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन भत्किने कुराहरु आमसंचारका माध्यमबाट सुन्ने गरेको पनि बताए । त्यस्तो केही हुँदैन उनले मुस्कुराउदै भने, प्रेसबाट गठबन्धन फुट्ने कुराहरु मैले पनि सुन्छु । प्रेसमा मात्रै छ । अरु कही छैन ।

यो गठवन्धन दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो । त्यसपछि नेपाली कांग्रेसको, मेरो नेतृमा सरकार बन्ने लिखित सहमति यो गठबन्धन २०८४ सम्मै जान्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो जवाफ दिए ।

१८ महिनाको सरकार कांग्रसको नेतृत्वमा बन्नेमा उनको विश्वास थियो । अर्को प्रसंगमा उनले वर्तमान सरकारले राजनीतिक प्रतिशोधले सहकारी ठगिका रुपमा कसैलाई थुन्यो भन्नु गलत भएको बताए ।

हाम्रा साथीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । बयानहरु लिइरहेको छ उनले भने, यसमा कुनै राजनीतिक प्रतिशोध छैन । प्रहरीले कानुन बमोजिम काम गरिरहेको छ ।

फरक प्रसंगमा सभापति देउवाले राष्ट्रलाई फाईदा हुने काम गर्न संविधान संसोधन गर्ने सत्ता साझेदार एमालेसंग सहमति भएको पनि बताए ।

उनले आवश्यक कुराहरु गर्न संविधान संसोधन गर्ने सहमति भएको बताउदै राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संसोधन गर्न दुई दल तयार रहेको र अरु दलहरुलाई समेटिने सभापति देउवाले बताए ।

दुई तिहाई पुगाउन अरु दलहरुलाई पनि समेटर संविधान संसोधन गर्न सहमति भएकाले उनको भनाई छ ।

अर्को प्रसंगमा उनले देशभर पूर्वाधारहरु बनिसकेका छैनन् । ठाउँठाउँमा सडकहरु बनाउन अझै बाँकी छ । सिंचाइको व्यवस्था, बिजुली पुगेको छैन । आवश्यक भौतिक पूर्वाधारका संरचनाहरु निर्माण गर्न दुई पार्टी बिच सहमति भएको बताए । सरकार यस्ता काममा लागिरहेको उनको भनाइ छ । धेरै कुराहरु अगाडि बढेका पनि छन् ।

निर्माण व्यवसायीले रकम नपाएको सवालमा उनले गरेको कामको पैसा पाइने बताए । गरेको कामको पैसा पाइन्छ उनले भने, नगरेको कामको पैसा ल्याउ भने कहाँबाट पाइन्छ ।

चुनावका बेला मात्रै गृह जिल्लामा आउनुहुन्छ भन्ने गुनासो व्यापक हुने गरेको छ नि ? भन्ने प्रश्नमा सभापति देउवाले बेलाबेला आउने गरेको र त्यो बेकारको हल्ला भएको बताए । अहिले सातवटै पालिकाहरु पुगेको जानकारी गराउदै उनले योजना बनाइ दिनु पर्यो भनेर जनताले माग ल्याउने गरेको बताए ।

जनताका आकांक्षा धेरै छन । जनता माग, आवश्यक्ता बुझ्न र समाधान खोज्न आफू जिल्ला आएर जनतालाई भेटिरहेको उनले बताए । जनताका माग पूरा गर्न लागि आफूले काम गरिरहेको र सबैले आफूलाई माया गर्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार