अध्यक्ष तिमिल्सिना र सिपीसिसीका अध्यक्ष हु निङ बिच भेटवार्ता
काठमाडौ / राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङ संग मंगलबार दिउँसो भेटवार्ता भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका तिमिल्सिना र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष हु निङ बिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा भेटवार्ता भएको हो ।
भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल सधै एक चीन नीतिको पक्षमा रहेको छ बताउँदै भविष्यमा पनि नेपाल एक चीन नीतिकै पक्षमा प्रतिवद्ध रहनेछ भने । ‘नेपाली भूमिको दुरुपयोग गरी चीन विरोधी कुनैपनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिवद्धतामा हामी दृढ रुपमा अडिग छौ ’ उनको भनाई थियो ।
असल छिमेकी एवम् विकासको साझेदारको रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधै उच्च महत्व र प्राथमिकता दिदैं दोहो¥याए । नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण एबम अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी बर्षहरुमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको पनि अध्यक्ष तिमिल्सिनाले बताए ।
नेपालको पर्यटन क्षेत्रम चीनियाँ पर्यटकको दोस्रो ठुल्लो हिस्सा भएको र भविश्यमा सिधा उडानहरु सुरु गरेर यसलाई बढवा दिने आग्रह पनि गरे । चीनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घघाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पु¥याउनेमा बिश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले पोखरामा चीनका बिभिन्न सहरबाट सोझो उडान हुने बिश्वास ब्यक्त गरे ।
चीनको सिचुवान प्रान्तको छेन्दुबाट जुन २१ देखि सिधा उडान शुरु गर्ने तयारी गरेको जानकारी भेटका अवसरमा दिएको छ । नेपाल चीनबीच केरुङ÷रसुवागढी, हिल्सा÷पुराङ र तातोपानी÷झाङमु नाकाहरु मार्फत दुईतर्फी व्यापार सञ्चालन भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरु सञ्चालन हुने विश्वास पनि व्यक्त गरे ।
नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि अनुरोध पनि गरे ।
भेटमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङले नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने चीनको चाहना रहेको बताए । अध्यक्ष वाङले नेपाल र चीन दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउनका लागि दुई देशका राजनीतिक तहमा भ्रमण आदानप्रदान गरिने बताउँदै चीन छिमेकी देशहरुसँग मैत्री, पारस्परिक लाभ हुने काम गर्न तयार छ भने ।
अध्यक्ष तिमिल्सिना सहितको ९ सदस्यीय प्रतिनिधी मण्डल मंगलबार नै वेङजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको समाधिस्थलमा पुगेर पुष्पार्पण कार्यक्रममा सहभागी भए ।
बुधबार संघाईका पर्यटकीय र औद्योगिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
चीनको औपचारिक भ्रमणमा रहेको नेपाली साँसदहरुको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा पनि चीन भ्रमणमा सहभागी छन् ।