२७ पुष २०८१, शनिबार

पसलमा आगलागी हुँदा लाखौको क्षती




धनगढी/ कैलालीको धनगढी उपमहानगरपालिका–१९ मा एक पसल घरमा आगलागी हुँदा ६० लाख रुपैयाँ मुल्य बढीको क्षती भएको छ ।

आज शनिबार बिहान २ बजेतिर वडा १९ को पच्चीसघर बजारमा नरेन्द्र चौधरीको एक तले घरमा आगलागी भएको थियो । आगलागीबाट लक्ष्मण चौधरीले सो घरमा सञ्चालन गरेको कपडा पसल पूर्ण रुपमा जलेको छ ।

बहुलिया इलाका प्रहरी कार्यालयका अनुसार दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको संयुक्त प्रयासबाट तीन घन्टापछि आगो निभाइएको थियो ।

बहुलिया इलाका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीका अनुसार आगलागीबाट पसल रहेको दुई वटा कोठा, लत्ताकपडा र अन्य सरसामान जलेर नष्ट भएको छ ।

आगलागी के कारणले भयो भन्ने अझैं खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार