आगलागीबाट मृत्यु भएकाको आफन्तलाई राहत
पहलमानपुर/ जिल्ला प्रशासन कार्यालयले घोडाघोडी नगरपालिकाका मृतक जीतबहादुर डङ्गौराका परिवारलाई मंगलबार राहत स्वरुप दुई लाख रुपियाँ वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले मृतकको घरमै गएर राहत रकमको चेक हस्तान्तरण गरेका हुन ।
गत पुस २ गते आफ्नै घरमा आगलागी हुँदा डङ्गौराको मृत्यु भएको थियो । मृतककी श्रीमती चरनदेवी डङ्गौरा थारुलाई राहत रकम हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा घोडाघोडी नगरपालिका मेयर खडग रावत लगायतको उपस्थिति थियो ।