१७ बैशाख २०८१, सोमबार

बाजुरामा सहकारी बैंकको सेवा बिस्तार



बाजुरा । राष्ट्रिय सहकारी बैंकले आफ्नो सेवा बाजुरामा सञ्चालन गरेको छ । बाजुराका  प्रख्यात सहकारी संस्था त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि‍‍. बडिमालिका ८  मार्तडी र जनकल्याण बहुउद्येश्यी सहकारी संस्था लि. बुढिगँगालाई एकै साथ लगानी गरी आफ्नो सेवा विस्तार गरेको राष्ट्रिय सहकारी बैंक प्रादेशिक कार्यालय धनगढी शाखा प्रमुख कृष्ण रावलले जानकारी दिए ।

सहकारी मार्फत सदस्यलाई ब्यबसायिक बनाई समुदायको आर्थिक तथा सामाजिक विकासमा टेवा पुु¥याउने उद्येश्यले  सहकारी बैंकले पहिलो पटक बाजुरामा सेवा थालनी गरेको  शाखा प्रमुख रावलले बताए ।  प्रथम पटकलाई जिल्लाका दुुई संस्थालाई   शुक्रवार ५०/५०  लाख रुपैंया विना धितो ऋण लगानी गरेको हो । सहाकारी संस्था प्रवद्र्धन कार्यक्रम अन्तरगत उक्त ऋण लगानी गरेको बताइएको छ ।

एक हजार रुपैंयाको शेयर ,पाँच सय रुपैंया प्रवेश शुल्क गरी जम्मा पन्ध्रसय रुपैंयामा  जुनसुुकै सहकारी संस्था ले पनि उक्त बैंकको सदस्य बन्न पाउने प्राबधान छ । धनगढी शाखमा हाल ३५० बढी  सहकारी संस्थाहरु उक्त संघको सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार