८ कार्तिक २०८१, बिहीबार

निषेधाज्ञामा थप कडाइ गरिँदै, उल्लंघन गर्नेलाई कारबाही



काठमाडौं । निषेधाज्ञा जारी भएका जिल्लामा आजदेखि थप कडाइ हुने भएको छ। निषेधाज्ञा जारी भएका जिल्लामा अन्य जिल्लाबाट आएका यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

बिहीबार पहिलो दिन भएकाले बाटोमै अड्किएका यातायातका साधन र यात्रुलाई केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइ गरिने गृह प्रवक्ता जनकराज दाहालले बताए। 

अहिले देशका  १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ। 

बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरीमा पूर्ण निषेधाज्ञा लगाइएको छ भने कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ। 

काठमाडौं उपत्यकामा बिहीबारको आदेश उल्लंघन गर्ने दुई हजारभन्दा बढीलाई होल्ड गरेर चेतावनीका साथ छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

ठाउँठाउँमा टोली परिचालन गरी सवारी साधन जाँच थर्न थालिएको बताउँदै महाशाखाले यो क्रम अब थप कडाइका साथ हुने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार