५ कार्तिक २०८१, सोमबार

हेल्प डेस्क अनुगमन



बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सञ्चालनमा ल्याइएको स्वास्थ्य सहायता कक्षको अनुगमन गरिएको छ । दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापा लगायतको टोली सहायता कक्षबाट प्रदान भइरहेका सेवाको अनुगमन गरेका हुन् ।
दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा फागुन १० गते मात्रै झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको थियो । नाका खुलेदेखि बन्द हुँदासम्म स्वास्थ्यकर्मीहरुले सहायता कक्षमा सेवा दिने हिसाबले खटाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।
सीमा नाकाको स्वास्थ्य कक्षलाई प्रभावकारी बनाउन नगरपालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको र नाकामा आवतजावत हुने बेलासम्म स्वास्थ्यकर्मीले सेवा दिने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख थापाले बताए ।
नाकामा स्थापना गरिएको सहायता कक्षमा इन्फ्रारेड थर्मोमिटरको सहयताले भारतबाट फर्किने नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार