८ पुष २०८१, सोमबार

हिउमाथि कक्षा



लक्ष्मीराज पाध्याय/बाजुरा/ तीन दिनदेखिको हिमपातका कारण जनजीवन प्रभावित भइरहदा बाजुराका केही विद्यालयमा हिउमाथि नै पढाई सञ्चालन गरिएको छ ।
लगातारको बाक्लो हिमपातका कारण जिल्लाका अधिकांस विद्यालय बन्द गरिएका छन् । बाक्लो हिमपातका कारण आवतजावतमा कठिनाई भएपछि विद्यालय बन्द गर्नुपरेको बताइन्छ । तर, केही विद्यालयमा भने हिउमाथि नै भए पनि कक्षा सञ्चालन भइरहेका छन् ।
जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वति निम्न माध्यामिक विद्यालयमा आगो बालेर भए पनि कक्षा सञ्चालन गरिएको छ । विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले भने– बिहीबार रातीदेखि तीन दिनसम्म लगातार हिउ प¥यो । आइतबार हिउ पर्न रोकिएपछि सोमबारदेखि हिउमाथि बसेरै भए पनि कक्षा सञ्चालन गरेका छौं ।
त्यस्तै, बाजुरोको वुढिनन्दा नगरपालिका वडा नम्बर ९ अंगपानीस्थित हिमाली प्राथमिक विद्यालय, हिमाली गाउ“पालिका वडा नम्बर ३ गुम्वामा रहेको हिमालभक्ति प्राथमिक विद्यालय लगायतका स्कु्लमा पनि हिउमाथि नै कक्षा सञ्चालन भइरहेका छन् ।
बाजुराका जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले हिमाली क्षेत्रमा रहेका अधिकांश विद्यालयहरु शुक्रबारदेखि नै बन्द गरिएको बताए । उनले केही विद्यालयमा सोमबारदेखि आगो बालेरै भए पनि कक्षा सञ्चालन भइरहेको बताए ।
त्यस्तै, बैतडीमा पनि हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाका उच्च लेकाली भेगमा रहेका अधिकांस विद्यालय बन्द गरिएका छन् ।
बैतडीको पाटन नगरपालिकामा रहेकोे ज्ञानेश्वर माविको पढाई प्रभावित भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश बिष्टले अत्यधिक चिसोका कारण शिशु तथा बाल कक्षाका विद्यार्थी आउन नसक्ने भएकाले केही दिनका लागि विद्यालय बन्द गरिएको बताए ।
त्यस्तै, जिल्लाको डिलासैनी गाउपालिका वडा नम्बर १, कोटपेटरामा पनि अत्यधिक चिसोका कारण विद्यालय बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार