७ पुष २०८१, आईतवार

आफैं असुरक्षित प्रहरीचौकी



मुकेश टेंर्रा/लालझाडी (कञ्चनपुर) । कञ्चनपुरको लालझाडी गाउ“पालिका वडा नम्बर २, पचुवा । जंगलबीचमा भत्किन थालेको एउटा झुपडी । टाढैबाट यो कुनै अतिगरिब परिवारको बासस्थान झैं लाग्छ । गोठजस्तो झुपडीको माटोले लिपेको काठ भित्ता । भित्ताको माथिल्लो भाग ह्वाङ्ग छ । साना झ्याल । पल्ला नै नलगाएको ढोकाको चौखट । कर्कटपाताले छाएको छाना । एउटै कोठाको यो झुपडीको वरिपरि बाढी पीडितहरुको वस्ती । मानौ, यो घर पनि बाडीपीडितहरू मध्येको एक हो ।

तर, त्यसो होइन ।
यो २०६४ मा स्थापना गरिएको “ख’ वर्गको इलाका प्रहरी कार्यालय शंकपुरको कार्यालय भवन हो । प्रहरी नायव निरीक्षकको कमाण्डमा रहेको यो इलाका प्रहरी कार्यालयमा २३ जना प्रहरी सुरक्षाकर्मीको दरबन्दी छ । इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक शंकर बिष्टका अनुसार हाल आठ जना मात्रै कार्यरत रहेका छन् । उनका अनुसार हाल प्रहरी नायव निरीक्षक प्रेमसिंह बिष्टको कमाण्डमा आठ जनाको टोली लालझाडी गाउ“पालिकाको सुरक्षामा खटिएको छ ।
“यहा“ अहिले आठ जना मात्रै कार्यरत छौं’ प्रहरी सहायक निरीक्षक शंकरले भने– तर, सधैं आठ जना पनि हुदैनौं । कहिले कसैको काम पर्छ । कहिले केही हुन्छ । काम गर्ने प्रायः तीन जना मात्रै हुन्छौं ।
आइतबार अनुमोदनको स्थलगत रिपोर्टिङका क्रममा इलाका प्रहरी कार्यालय शंकरपुर पुग्दा प्रहरी सहायक निरीक्षक शंकर रुघाखोकी र ज्वरोले थलिएका थिए ।
बिरामी हुदाहुदै पनि उनी हामीसंग कुरा गर्न तयार भए । उनलाई एक जना प्रहरी हवल्दारले कार्यालयमा सघाइरहेका थिए । दुई जना जवान ड्युटीमा खटिएका थिए । उनले भने– चार जना विदामा छन् ।
मंगलबार प्रहरी सहायक निरीक्षक शंकर बिष्टले अनुमोदनसंग फोनमा कुरा गरे । “कार्यालय व्यवस्थित हुन नसक्दा नियमित रुपमा कार्यालय सञ्चालन गर्न पनि कठिनाई छ’ उनले भने– ड्युटीमा खटिएर शान्ति सुरक्षा कायम गर्न त झनै कठिन छ । न जनशक्ति छ, न कार्यालय सञ्चालनका लागि भौतिक संरचना नै छ ।
एउटै कोठाको कच्ची र भत्किन आ“टेको शंकरपुर इलाका प्रहरी कार्यालय भवनमा प्रहरीहरुलाई आफ्नै टाउको लुकाउनै समस्या छ । “हावाहुरी, जंगली जनावर, सर्प, बिच्छी, किराको त्रासमा हामीहरूले सोही कार्यालय भवनमा रात गुजार्नुपर्ने बाध्यता छ” उनले भने– बस्न र सुत्नकै समस्या छ । सो प्रहरी कार्यालयमा न बस्नका लागि पर्याप्त कुर्सी छन्, न सुत्नका लागि कोठा । अभियुक्त पक्राउ गरेपछि थुनामा राख्ने थुनुवा कक्ष समेत छैन ।
लालझाडी गाउ“पालिकामा घरेलु हिंसा, झगडा, चोरी, डकैतीका घटनाहरु दोहोरिने गरेका छन् । प्रहरी सहायक शंकरले भने– जाडरक्सी सेवन गरेर झैझगडा गर्नेहरूको समस्या छ । दिनहु“जसो घरेलु हिंसाका घटना हुन्छन् । साधनस्रोत तथा जनशक्तिको कमीका कारण अभियुक्तहरूलाई पक्राउ गर्न नै समस्या छ । गाउ“मै सम्झाईबुझाई गर्नुपर्ने हुन्छ ।
उनका अनुसार थुनुवा कक्ष नहु“दा पक्राउ गरेका व्यक्तिलाई थुनामा राख्न समस्या छ । कुनै घटना हु“दा दोषिलाई पक्राउ गर्न जानका लागि सवारी साधन छैन । इलाका प्रहरी कार्यालयमा एउटा मोटरसाइकल छ । त्यसैमा दोषिलाई राखेर ल्याइने गरेको छ । पक्राउ गरेर ल्याएको व्यक्ति राती भाग्छ कि अथवा आफैं मर्छ वा मार्छ कि भन्ने सधैं त्रास रहने गरेको छ ।


प्रहरी सहायक निरीक्षक शंकरले कुनै घटना हुँदा दोषिलाई पक्राउ गर्नुपर्दा छिमेकको प्रहरी कार्यालयबाट सहयोग लिने गरिएको बताए । उनले भने– घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्नुपर्दा बेलौरी, त्रिभुवनवस्ती, गुलरिया, झलारी प्रहरी चौकीको सहयोग लिने गरेका छौं ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख –एसपी) दिनेश आचार्यले सो इलाका प्रहरी कार्यालयको आफ्नो जमीन नै सुरक्षित ठाउ“मा नभएकाले व्यवस्थापन गर्न समस्या रहेको बताए । उनले भएको प्रहरीको जमीन खोलामा परेकाले प्रहरी कार्यालयका लागि घर बनाउन नसकिएको बताए । उनले उपयुक्त जग्गा खोज्ने काम भइरहेको र जग्गा प्राप्तिपछि घर बनाउने प्रक्रिया थालिने बताए ।
एसपी आचार्यले कञ्चनपुरमा रहेका नौं वटै “ख’ वर्गका इलाका प्रहरी कार्यालयहरूको अवस्था पनि शंकरपुरको जस्तै रहेको बताए । उनले यी प्रहरी कार्यालयले पक्राउ गरेका अभियुक्तलाई नजिकको प्रहरी चौकीमा ल्याएर कारबाही चलाउने गरेको बताए ।
उनले कतिपय “ख’ वर्गका इलाका प्रहरी कार्यालयहरु भाडाका घरमा रहेको बताए । एसपी आचार्यले भने– जिल्लाका “क’ वर्गका सबै इलाका प्रहरी कार्यालयहरुको भने भवन बनिसकेको छ ।
सोही निर्वाचन क्षेत्रवाट निर्वाचित प्रदेश सभा सदस्य तारा लामा तामाङले इलाका प्रहरी कार्यालय शंकरपुरको अवस्था दयनीय रहेको बताए । प्रदेश सभा सदस्य तामाङले लालझाडीमा शान्ति सुरक्षा कायम गर्नका लागि तत्काल प्रहरी कार्यालयको समस्या समाधान गर्नतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताए ।
उनले प्रदेश सरकारले बजेट नछुट्याएको भए पनि नियमित कार्यालय सञ्चालन गर्न सक्ने गरी मर्मत सम्भार गर्न प्रदेश सरकारसंग लिखित रुपमा माग गरेको बताए । “भविष्यमा सो कार्यालय प्रदेश सरकाराके मातहत आए पनि अथवा नआए पनि प्रदेश सरकारले आफ्नो जिम्मेवारी सम्झेर त्यो प्रहरी कार्यालय भवनको मर्मत गर्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार