१८ बैशाख २०८१, मंगलवार

स्वास्थ्य बिमा कार्यक्रमः अधिकांस विमितको अनुभव– सेवा प्रभावकारी भएन



कैलाली । धनगढी उपमहानगरपालिकाकी अनिता कार्कीले बैशाखमा स्वास्थ्य बिमा गरिन् । दुई हजार पाँच सय रुपैयाँ शुल्क तिरेर स्वास्थ्य बिमा गर्दा ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा पाइने जानकारी पाएपछि कार्यक्रममा आवद्ध भएको बताउने अनिता तब रुष्ट भइन्, जब उनले सोचे अनुसारको स्वास्थ्य सेवा पाइनन् । उनी भन्छिन्– “स्वास्थ्य बिमा गरेपछि पहिलो पटक स्वास्थ्य जाँच गर्न सेती अञ्चल अस्पताल पुगे, स्वास्थ्य जाँच त भयो, तर कुनै औषधि पाइएन ।”
उनी थाइरोइडको समस्याबाट पीडित भएपछि उपचारका लागि सेती अञ्चल अस्पताल पुगेकी थिइन् । “स्वास्थ्य परीक्षण गर्ने रकम त बच्यो होला, बाँकी औषधि खर्च आफैंले बेहार्नुप¥यो । अनिताले स्वास्थ्य बिमा गरेपछि अहिलेसम्म तीन हजार पाँच सय रुपैयाँसम्मको सेवा लिइसकेकी छन् ।
घोडाघोडी नगरपालिका वडा नम्बर १० का गौरीलाल चौधरीले पनि निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने आशाले स्वास्थ्य बिमा गरेका थिए । “स्वास्थ्य बिमा गरेको पाँच महिनापछि बिरामी भए । निकै पेट दुख्न थालेपछि सेती अञ्चल अस्पताल गए । धनगढीमा उपचारको लागी पुगे” उनले भने– “बिल तिर्न जाँदा स्वास्थ्य बिमाको कार्ड देखाएपछि अर्को कोठामा पठाइयो । बल्लतल्ल पालो आयो, र डाक्टरलाई देखाउँदा सामान्य हेरेर औषधि लिन फार्मेसीमा पठाए ।”
उनले डाक्टरले प्रेस्क्राइब गरेका अनुसार औषधिहरू फार्मेसीबाट प्राप्त गर्न नसकेको गुनासो गरे । उनले भने– “फार्मेसीमा गएर पर्चामा लेखेको औषधि माग्दा दुई वटा औषधि त्यहाँबाट पाए, अन्य औषधि बाहिरका मेडिकलबाट किनेर ल्याए । उनले औषधि खरिदमा एक हजार रुपैयाँ खर्च भएको बताए । उनले भने– “आवातजावत र मेडिकलबाट औषधि किन्दा लगभग तीन हजार रुपैयाँ खर्च भयो ।”
गौरीलालले आफूले सोचेको जस्तो सेवा नपाएपछि स्वास्थ्य कार्ड नविकरण नगरेको बताए । उनले भने– “आवश्यक औषधि नै नपाउने भएपछि किन कार्ड नविकरण गर्नु । २५ सयको बिमामा ५० हजार रुपैयाँसम्मको सेवा भन्ने, फेरि आफैंले उल्टै पैसा तिर्नु पर्ने ?”
स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध सेवाग्राहीले प्रभावकारी सेवा नपाएको गुनासो यी दुई जनाको मात्रै होइन । स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध प्रायः सेवाग्राहीको सेवाप्रति गुनासो रहने गरेको छ । जोशीपुर गाउँपालिका वडा नम्बर १ का मानबहादुर चौधरीको पनि यस्तै तितो अनुभव छ । मानबहादुरका अनुसार उनकी छोरी बिरामी भएपछि उपचारका लागि जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याए । त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकको सिफारिसमा उनलाई सेती अञ्चल अस्पताल लगे । उनले स्मरण गरे– “तर, सेती अञ्चल अस्पतालका कर्मचारीहरूबाट राम्रो व्यवहार पाइएन ।”अञ्चल अस्पतालमा एक्सरे गर्दा उनकी छोरीको पेटमा पत्थरी देखिएको थियो । उनको छोरीको सोही अस्पतालमा उपचार भएको थियो । “उपचार त भयो, तर चिकित्सकको व्यवहार रुखो पाए” उनले भने– “आवश्यक औषधि नपाउने तथा बाहिरबाट किन्नुपर्ने बाध्यता भयो ।”
मानबहादुरले छोरीको उपचारका क्रममा अस्पताल बसाई तथा आवातजावत गरी पाँच हजार रुपैयाँ खर्च भएको बताए । उनका अनुसार अञ्चल अस्पतालमा एक्सरे सेवा बाहेक अरू सबैमा रकम तिर्नुपरेको थियो ।
यस्तै, अनुभव जोशीपुरका जगराम चौधरीको पनि छ । फिस्टुला रोगले पीडित जगराम पनि पहिलो पटक स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भए । बिमा गरपछि उनी पहिलो पटक सेती अञ्चल अस्पतालमा उपचारका लागि पुगेका थिए । उनले अनुभव सुनाए– “पहिलो पटक जाँदा डाक्टरले चेक गरेर १० दिनपछि आउनु भनेर घर पठाए । तर, १० दिनपछि त्यहाँ पुग्दा डाक्टरले हेरेनन् ।”
जगरामले डाक्टरले समय नदिएपछि नजिककैको एक निजी मेडिकलमा गएर चेकजाँच गराएको बताए । उनले भने– “पटक पटक डाक्टरलाई भन्दा पनि सुनेको नसुन्यै गरेपछि म बाध्य भएर निजी मेडिकलमा गए । त्यहाँ आठ हजार खर्च भयो ।”
स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका कारण राम्रो उपचार पाउनेहरू पनि छन् । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ का रामबहादुर महराले आफू स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएको दुई वर्ष भएको बताए । बिमा कार्यक्रममा आबद्ध भएको एक वर्षमा छोरी एक्सासी बिरामी भएको स्मरण गर्दै उनले भने– “सेती अञ्चल अस्पतलामा गएर उपचार गराउँदा खासै खर्च गर्नुपरेन । बुवा र आमाको पनि पटक पटक उपचार गराए । यो बिमा कार्डका कारण पैसाको बचत भएको छ ।”कैलालीको लम्कीचुहा नगरपालिका वटा नम्बर १५, गोप्का गाउँका भीमबहादुर खड्का देशभरी नै ५० हजार रुपैयाँ बढीको सेवा लिने सेवाग्राही हुन् । उनले भने– “मेरो छाती दुख्न थालेपछि स्वास्थ्य जाँचका लागि टीकापुर अस्पताल पुगे । चेकअपबाट मेरो फोक्सोमा छिद्र (प्वाल) देखियो । अस्पतालले थप उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालमा रिफर ग¥यो । मेरो उपचारमा झण्डै दुई लाख ७० हजार रुपैयाँ खर्च भयो । स्वास्थ्य बिमा गरेका कारण बिमाबाट ५० हजार रुपैयाँ बराबरको उपचार खर्च बेहो¥यो र अस्पतालले थप छ हजार रुपैयाँ पनि छुट दियो ।”
“मैले स्वास्थ्य बिमा गरेकै कारण उपचारमा ५६ हजार रुपैयाँ कम तिर्नुप¥यो” भीमबहादुरले भने– “स्वास्थ्य बिमाका कारण ढुक्कसँग उपचार गर्न सके ।” उनको सुझाव छ– “सेवा प्रदायक संस्थालाई व्यवस्थित र स्थानीय सेवाग्राहीलाई पायक पर्ने स्थानमा राख्न जरुरी छ ।”
स्वास्थ्य बिमा कार्यक्रमका कर्मचारीहरू पनि प्रायः बिमितले राम्रो अनुभव गर्न नपाएको स्वीकार गर्दछन् । स्वास्थ्य बिमा कार्यक्रमका धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दर्ता सहयोगी दुर्गा जोशी भन्छिन्– “सेवा प्रदायक संस्थामाथि विश्वास नहुँदा विमितको संख्या बढाउन सकिएको छैन ।” विमित बनाउन जाँदा अधिकांसबाट एउटै प्रतिक्रिया पाउने गरेको अनुभव सुनाउँदै उनले भनिन्– “अस्पतालमा चिकित्सकले राम्रोसँग उपचार नगर्ने, प्रायः स्वास्थ्य संस्थामा सबै सेवासुविधा नपाइने तथा अस्पतालबाट आवश्यकता अनुसारका औषधि नपाउने समस्याका कारण सेवाग्राहीको यो कार्यक्रमप्रति विश्वास बृद्धि गर्न सकिएको छैन ।”घोडाघोडी नगरपालिका वडा नम्बर ७ का दर्ता सहयोगी निर्मला चौधरी पनि स्थानीयलाई स्वास्थ्य बिमाबारे बारे बुझाउन निकै समस्या हुने गरेको बताइन् । उनले नजिकै स्वास्थ्य बिमा बोर्डले तोकेको अस्पताल नहुँदा धनगढी जानुपर्ने बाध्यता सुनाउने गरेको उनले बताइन् ।
दर्ता सहयोगी निर्मलाका अनुसार बिमा कार्यक्रम लागू हुँदा धेरैले बिमा कार्ड बनाएको भए पनि अहिले आएर केहीले मात्र कार्ड नविकरण गरेका छन् ।

यो पनि पढ्नुहोस्–

मन्त्री सुवेदीले गरे स्वास्थ्य विमा

स्वास्थ्य बिमा कार्यक्रमका तीन वर्षः १४ प्रतिशत जनसंख्यामात्र आवद्ध

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार