७ पुष २०८१, आईतवार

निर्मला पन्त प्रकरण: पूर्व डिएसपी जिसी प्रहरी हिरासतमा



कञ्चनपुर । निर्मला पन्त प्रकरणका अभियुक्त केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसीको बयान सुरु भएको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको सोमबार बिहान अदालतमा उपस्थित भएका डिएसपी जिसीको बयान जारी भएपछि उनी प्रहरी हिरासतमा छन् । जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको उपस्थितिमा बयान गरिएको बताए । ‘आज बयान सकिएन,’ श्रेस्तेदार अवस्थीले भने, ‘हामीले जिसीलाई प्रहरीको जिम्मा लगाएका छौं ।’
मंगलबार बिहान १० बजे अदालतमा उपस्थित गराउने हिसाबले जिसी प्रहरीको हिरासतमा छन् । मंगलबार बयान सकिए लगत्तै थुनछेक बहस र त्यसपछि आदेश जारी हुने अदालतले जनाएको छ । निर्मला मृत फेला परेपछि चर्किएको आन्दोलनसंगै प्रहरी प्रधान कार्यालयले जिसीको नेतृत्वमा एक टोली अनुसन्धानका लागि कञ्चनपुर पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार