१८ बैशाख २०८१, मंगलवार

प्रदेश प्रमुख मल्ललाई दिल्ली लगियो



धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहराज मल्ललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । काठमाडौंमा उपचाररत मल्लको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको दिल्ली लगिएको छ ।

एयर एम्बुलेन्समार्फत प्रदेश प्रमुख मल्ललाई दिल्लीको गुडगाउँस्थित मेदान्त अस्पताल लगिएको उनका प्रेस संयोजक गजेन्द्र ओझाले बताए । मल्ललाई बुधबार नै नया दिल्ली लैजाने तयारी भए पनि मौसम खराबीका कारण एअर एम्बुलेन्सले उडान भर्न नसके पछि बिहिबार लगिएको हो ।
स्वास्थ्यमा एकाएक समस्या आएपछि प्रदेश प्रमुख मल्ललाई फगुन ५ गते नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनको छातीमा गम्भीर संक्रमण देखिएको चिकित्सकले बताएका छन् । चिकित्सकको सल्लाहमा टिचिङ अस्पताल उपचाररत मल्ललाई मेदान्त लग्न लागीएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार