४ पुष २०८२, शुक्रबार

नगर क्षेत्रमा अप्टीकल फाइवर बिच्छइदै



धनगढी । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा आफ्नै अप्टीकल फाईवर बिच्छउन सुरु गरेको छ ।

उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले मंगलबार एक कार्यक्रमबीच अप्टीकल फाईवर बिच्छ्याउने कार्यको उद्घाटन गरे । ई–गभरनान्स सेवालाई प्रवद्र्धन गर्न र उपमहानगरपालिकाबाट प्रवाह हुने काम कार्वाहीलाई खुला र पारदर्शी बनाउन आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु गरिएको नगर प्रमुख वडले बताए ।
उपमहानगरपालिकाका १९ वटै वडामा फागुन मसान्तसम्म काम पुरा हुने सफ्टवेयर ईन्जीनियर हरिप्रसाद भट्टले बताए । उनले उपमहानगरपालिकासंग न्यू आईटी भेन्चरले साझेदारी गरिरहेको बताए ।
अप्टीकल फाईवर बिच्छउन ८५ लाख रुपैयाको लागत अनुमान गरिएको छ । उपमहानगरपालिकाका स्थानीय सहजकर्ता बिक्की चन्दले पहिलो चरणमा उपमहानगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य, भेटेनरी कार्यालयमा पु¥याईने बताए । त्यस्तै, नगरभित्रका सबै सामुदायीक विद्यालयका समेत सेवा पु¥याउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार