पुल निर्माणका लागि दबाव
बैतडी । नेपाल भारत सीमा झुलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि दबाब समिति गठन गरिएको छ । बैतडी उद्योग वाणिज्य संघको पहलमा माघ १५ गते सुख्खा फलफूल विकास केन्द्रको हेलिप्याड डाँडामा भएको सरोकारवालाहरुको बैठकले पुल निर्माण पहलका लागि सरकारलाई दबाब दिन समिति गठन गरिएको हो ।
झुलाघाटमा पक्की पुल नभएकै कारण भारतस“ग सीधा व्यापार गर्न नसकिएको, भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन नसकिएकाले पक्की पुल निर्माणका लागि दबाब समिति गठन गरिएको समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए । २०५२ साल यता बनेका हरेक सरकारले झुलाघाटमा पक्की पुल निर्माणको आश्वासन दिने गरेको तर आश्वासनमै सीमित रहेकाले आफूहरुले समिति गठन गरेको उनले बताए ।
समितिले सरकारलाई झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि लिखित रुपमै आग्रह गर्ने निर्णयसमेत गरेको छ । झुलाघाटमा पक्की पुल निर्माणका लागि दवाब दिन २७ जनाको समिति बनाइएको समितिका सदस्य एवं रेडियो निंगलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीले जानकारी दिए । सतबा“झमा केही दिन अघि परेको हिमपातले आन्तरिक पर्यटक तानेको तर पुल नभएकै कारण भारतीय पर्यटक आउन नसकेकाले पुल निर्माणार्थ दबाब दिन सतबा“झमा बैठक गरिएको उनले बताए ।
झुलाघाटमा पक्की पुल निर्माण गर्न सकिए भारतबाट धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिने र यसले यो क्षेत्रको आर्थिक गतिविधिमा बढावा दिने समितिका सदस्य एवं बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले जानकारी दिए । समितिले चरणबद्ध रुपमा पुल निर्माणका लागि दबाब दिने उनले बताए ।