साल्ट ट्रेडिङ र अपिहिमाल गापाबीच विवाद
धनगढी । साल्ट ट्रेडिङ र दार्चुलाको अपिहिमाल गाउँपालिकाबीच नून वितरणको विषयमा विवाद चर्किएको छ ।
गाउँपालिकाले अनुदानमा ल्याएको नून गाउँपालिकालाई वितरण गर्न समस्या भएपछि विवाद चर्किएको बताइएको छ ।
गाउँपालिकाका स्थानीयले महँगो मूल्यमा ढिके तथा आयोनून खरिद गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न गाउँपालिकाले ढुवानी गरेको पाँच सय क्विन्टल नून विक्रीवितरण गर्न समस्या भइरहेको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मान्यालले जानकारी दिए ।
गाउँपालिकाले १५ करोड ७८ लाख रुपैयाँ बजेटबाट पाँच सय क्विन्टल नून ढुवानी गरेको सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष मान्यालले बताए ।
उनका अनुसार गाउँपालिकाका स्थानीयहरूले प्रति किलो ढिके नून ५० रुपैयाँ र आयो नून ७० रुपैयाँका दरले किन्नुपर्ने बाध्यता रहेको छ । उनले गाउँपालिकाले पाँच सय क्विन्टल नून ढुवानी गरेकोमा दुई सय क्विन्टल आयो नून मात्र वितरण गर्न सकेको बताए ।
उनका अनुसार गाउँपालिकाले प्रति किलो २५ रुपैयाँका दरले नून विक्रीवितरण गरिरहेको थियो ।
साल्ट ट्ेरडिङ कर्पोरेशन धनगढी वितरण शाखाले सो गाउँपालिकामा शाखा विस्तार गरेर पाँच सय क्विन्टल नून ढुवानी गरेपछि गाउँपालिकालाई समस्या भएको उनले बताए ।
‘मैले साल्ट ट्ेरडिङको हाकिमलाई फोन गरेर फागुन मसान्तपछि नून विक्रीवितरण गर्न आग्रह गरेको थिए’ उनले भने– ‘तर, तीन दिनपछि उनले पुन: गाउँपालिकामा नून पुर्याए । उनले साल्ट ट्ेरडिङ र ठेकेदारको मिलोमतोमा यस्तो कार्य भएको आरोप लगाए । उनले गाउँपालिकाले अनुदानमा भित्र्याएको नून विक्रीवितरण भइसकेपछि साल्ट ट्ेरडिङको अनुदानको नून विक्रीवितरणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यता, साल्ट ट्ेरडिङ क्षेत्रीय कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशवराज पाण्डेले गाउँपालिकाले अनुदानको नूनलाई महँगोमा विक्रीवितरण गरिरहेको आरोप लगाए । ‘गाउँपालिकाले अनुदानमा लगेको नून २५ रुपैयाँका दरले विक्रीवितरण गर्न पाउँदैन’ उनले भने ।
उनले कार्यालयले चैत मसान्तभित्रै सो गाउँपालिकामा ढुवानी गर्नुपर्ने भएकोले अनुदानको नून सो गाउँपालिकामा ढुवानी गरिरहेको बताए । गाउँपालिकामा दुई सय ७० क्विन्टल नून ढुवानी गरेपनि गाउँपालिका अध्यक्षले बुझ्न नमानेको उनले बताए । साल्ट ट्ेरडिङले दुर्गममा नौ रुपैयाँ प्रति किलोका दरले नून विक्रीवितरण गरिरहेको उनले बताए । साल्ट ट्ेरडिङले चैत मसान्तभित्र सो गाउँपालिकामा एक हजार ७० क्विन्टल नून ढुवानी गर्नुपर्ने लक्ष्य रहेको छ । चैत मसान्तभित्र नून ढुवानी गर्न नसकेमा बजेट फ्रिज भएर जाने सहायक महाप्रवन्धक पाण्डेले बताए । उनले दुर्गममा धेरै नूनको माग भइरहेको पनि बताए ।