कालीकोटमा महेन्द्रबहादुर शाहीको ह्याट्रिक जित, प्रकाण्ड पराजित

कालीकोट / प्रतिनिधिसभा निर्वाचनमा कालीकोटबाट नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले लगातार तेस्रो पटक जित निकाल्दै ह्याट्रिक गरेका छन्।
१८ वर्षपछि चुनावी मैदानमा उत्रिएका नेकपा (माओवादी ) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भने आफ्नै पार्टीका कार्यकर्ता रहिसकेका शाहीसँग पराजित भएका छन्।
अन्तिम मतपरिणामअनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का नगीन्द्रबहादुर शाहीले १० हजार ३५२ मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बमले ७ हजार १३३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे।
प्रकाण्डले भने ४ हजार ५९९ मत मात्रै प्राप्त गर्दै चौथो स्थानमा सीमित भएका छन्। लामो समयपछि चुनावी प्रतिस्पर्धामा आएका उनलाई अपेक्षाभन्दा कम मत प्राप्त भएको विश्लेषण गरिएको छ।
कालीकोटमा महेन्द्रबहादुर शाहीले यसअघि पनि दुई पटक जित हासिल गरिसकेका थिए। यस पटकको जितसँगै उनले लगातार तेस्रो पटक विजय हासिल गर्दै ह्याट्रिक कायम गरेका हुन्।




