१८ फाल्गुन २०८२, सोमबार

योगेश पुगे केपीको झापा -५, एमालेका सबै उम्मेदवारको गरे डिजिटल प्रचार




काठमाडौ/ नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई सो पार्टीका अध्यक्ष केपी शर्मा ओली चुनाव लडेको बहुचर्चित झापा क्षेत्र नम्बर ५ मा गएर प्रचार अभियानमा सामेल मएका छन् ।

उनले झापा – ५ मा बोल्दै केपी ओलीको विजय वा पराजय देशको विजय वा पराजयसंग जोडिएको बताए । ओलीको जीत भनेको राष्टियता र स्वाभिमानसंग जोडिएको विषय भएको बताए । उपमहासचिव भट्टराईले ओलीको जीत नेपालीत्वसंग जोडिने पनि बताए ।

उनले कोही पार्टी काममा, कोही संसंसदमा कोही स्थानीय तहमा जिम्मामा बस्ने बताउदै एमालेको आन्तरिक विषय अहिले ठुलो कुरा नभएको बताउदै त्यो विषयमा अहिले चर्चा परिचर्चा गर्न जरुरी नभएको बताए ।

नवलपरासीदेखि पूर्वकोताप्लेजंगसम्मका चुनाव क्षेत्रमा गएर धेरै एमाले उम्मेदवारसंग भेटेर उनले चुनावी जितका लागि शुभकामना र प्रचारप्रसार गरेका छन् ।

नेता भट्टराई काठमाडौ उपत्यका, मधेस र कोशी प्रदेशका अधिकांश क्षेत्रमा प्रचारका लागि पुगेको उनको सचिवालले जनाएको छ ।

उनले देशभरका सबै एमालेका उम्मेदवारको डिजटल प्रचार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार