डाक्टर विश्वासको स्वतन्त्र उम्मेदवारी

काठमाडौ/ आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काठमाडौ क्षेत्र नम्बर २ बाट डा. विस्वास बस्नेत ले स्वतन्त्र उम्मेदवारी दिएका छन ।
विभिन्न सामाजिक कार्यमा सक्रीय रहदै आएका डा.बस्नेत जेन्जी आन्दोलनका अगुवा समेत हुन ।
उनको सक्रियतामा कोभिड १९ को महामारिमा भएको व्यतिथि, विकृती र भ्रष्टाचारका बिरुद्द्को इनअफ इज इनअफ मुभमेन्ट भएको थियो भने बंगलादेश अध्यन गरेर आएका विद्यार्थीहरुको हकहीतका लागि समेत आन्दोलन गरेका थिए।
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा प्रत्यक्ष सहभागी भै नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी अर्का जेन्जी आन्दोलनका अगुवा मिराज ढुंगाना सङ्ग जेन्जीका मुद्दा स्थापित गर्न सहकार्यमा थिए ।
उम्मेदवारी पछिको संक्षिप्त प्रतिक्रिया दिदै उनले आफ्नो उम्मेदवारी रहर नभएर बाध्यता भएको बताए। उनले भने जेनजी आन्दोलनको म्यान्डेट अनुसार भ्रस्टाचार नियन्त्रण र भ्रस्टचारीलाई कार्वाही साथै सुशासन र सामाजिक न्यायका लागि ठोस कदम चालिन्छ भन्ने अपेक्षा थियो, त्यसो भएन , जेनजी आन्दोलनमा गोली चलाउनेहरु, गोली चलाउने आदेश दिने साशक, प्रशासकहरुलाइ कार्वाहीको दायरामा ल्याइएन ।
बरु यो या त्यो बहानामा पुरानै दल र तिनका नेतालार्इ नै सेवा हुने या सुबिधा पुग्ने कार्यहरु भए । शासकीय स्वरुप , निर्वाचन प्रणाली र राज्यको नवीन रुपान्तरणका एजेन्डाहरु अलपत्र भए । सुरुदेखि नै जेन्जी आन्दोलनलाई हाइज्याक गरियो उनले बताए।
हुँदाहुँदा आन्दोलन नै कुनै अमूक पार्टिको थियो भन्ने भाष्य स्थापित गर्न खोजियो । फेरि पनि दलियकरणको जातोमा जनताका र जेन्जिका मागहरु घुन पिसिए जसरी पिसिने भएपछि ती महान सहिद र घाइते योद्वाको सपना साकार पार्न म आफै पनि जेन्जी हुनुको साथै जेन्जी आन्दोलनको पहलकर्ता भएको नाताले जेन्जिका आवाज सडक सदनमा बुलन्द पार्नु पर्छ भनेर उम्मेदवारी दिएको हुँ उनले भने ।




