१५ माघ २०८२, बिहीबार

बाजुरामा एमालेका थापाको उम्मेदवारी दर्ता




मार्तडी/ बाजुराबाट फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

मनोनयनपछि आयोजित कार्यक्रममा बोल्दै नेता थापाले आफूले संघै बाजुराको विकासमा काम गरेको जनताले आफूले गरेको कामको मूल्यांकन गर्ने विश्वास गरे ।

उम्मेदवारी मनोनयन कार्यक्रममा एमालेका नेता र कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

११ महाधिवेशनपछि फेरि अहिले बाजुरा जिल्ला इन्जार्ज समेत रहेका थापा जेनजी आन्दोलन लगत्तै जिल्ला टेक्ने नेता पनि हुन । उनको अगुवाइमा बाजुराभर एमालेले राजनीति गतिविधि गरेको थियो ।

धेरै नेता एकैपटक धुरीमा देखिन्छन् । तर थापाको राजनीतिक यात्रा फरक छ । ल क्याम्पसमा पढ्दा २०४४ सालदेखि विद्यार्थी हुँदै पार्टी राजनीति गरेका थापा त्यतिबेला क्याम्पस प्राकको उपाध्यक्ष र क्याम्पसकै पार्टी कमिटी सदस्य थिए । त्यतिबेला पार्टी कमिटीको सदस्य हुनु ठुलो उपलब्धी मानिन्थ्यो ।

त्यसपछि ०५३ सालमा जिल्ला कमिटी सचिव भएर पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका थापा ०६९ मा पनि जिल्ला अध्यक्ष भएका थिए । जिल्लामा जनताका बीचमा रहँदै आएकाले आफू जित्ने दावी थापाले गरे । उनले आफूले बाजुराको विकासको लागि धेरै काम गरेको बताउदै अब गर्नु पर्ने कामको सूची आफूसित रहेको बताए ।

बाजुराको योजनाबद्ध विकासका बहाक
पार्टी सचिव भएर नेतृत्व गरेकै बेला भएको २०५४ को स्थानीय निकायको चुनावमा जिल्लाभर अत्याधिक गाविस जिताएर कलिलै उमेरमा जिल्ला विकास समितिका सभापति भएका थापाले नै बाजुरामा पञ्चवर्षिय योजना बनाएर विकासको काम शुरु गरेका थिए । यसरी पञ्चवर्षिय योजना बनाएर जिल्लाको विकासमा लाग्ने सम्भवत उनी मात्र नेपालका एक्ला जिविस सभापति थिए ।

आफू नेतृत्वमा हुँदा जहिले एमाले पहिलो भएको उनको दावी छ । उनी भन्छन् २०५४ को स्थानीय चुनावपछि २०६९ मा जिल्ला अध्यक्ष भएपछि मैले एमालेलाई २०७० को संविधान सभामा जिताए । त्यसैको जगमा २०७४ मा मैले पनि प्रतिनिधि सभा सदस्यको चुनाव जिते ।

०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पनि उनले बाजुराको विकासमा महत्वपूर्ण योगदान पुगाएका थिए ।

अहिलेका लगातार दुईपटक गौमुल गाउँपालिकाको अध्यक्ष रहनु भएका हरि रोकाया विकट बाजुरा जिल्लाको पनि विकट गाउँबाट विकास शुरु गर्नुपर्छ भन्ने काम अहिले प्रभावकारी थियो भन्ने प्रमाणित भएको बताउछन् ।

एमाले बाजुराका उपसचिव समेत रहेका रोकायाले यसअघि उहाँ भन्दा पछाडि पार्टी काममा लागेकालार्ई पोलिटव्युरो सदस्य बनाइयो अब यसपाली उहाँको उचित मुल्यांकन हुनु पर्ने धारणा पनि राखे ।

विकासका सन्र्दभमा थापाले बाजुरामा नपुगेको गाउँ र नदेखेको खोलो छैन होला समेत भन्ने गरिन्छ ।
कानुन र शिक्षा विषयमा स्नातक गरेका थापा वकालत मार्फत पनि बाजुराका जनताको सेवा गरिरहेका छन् ।

शान्ति र प्रजातन्त्रका लागि लड्दा माओबादीबाट अपहरण
पञ्चायतविरुद्ध काठमाडौमा लडेका थापा, २०५० सालको मदन भण्डारी हत्या काण्डमा पनि सडकमै थिए । अन्याय बिरुद्ध सँधै बुलन्द आवाज उठाउने थापालाई द्धन्द्धकालमा भने राजतन्त्रपक्षका पक्षधरको उक्साहटमा सुरक्षाफौज र द्धन्द्धरत माओवादीबाट ज्यान जोगाउनै गाह्रो भयो ।

संकटकालमा जिल्ला बसेर जनतालाई सुरक्षा दिने नेताको छवी समेत बनाएका थापालाई सेना र प्रहरीले पटकपटक दुःख दिन खोजेको थियो भने ०५९ सालमा शान्ति र प्रजातन्त्रका लागि एमालेले थालेको अभियानका क्रममा बाजुराको मैरेबाट उनलाई माओवादीले अपहरण गरेर १५ दिन राखेको थियो ।

जिल्लामै बसेर जनताका पक्षमा लाग्दा नेता थापाले कमाएको लोकप्रियता देखेर राजतन्त्र पक्षधर र माओवादी दुबै पक्ष आत्तिएर उनलाई दुःख दिएको धेरैको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार