भक्तपुरमा एमालेका मिश्रद्धारा मनोनयन दर्ता

भक्तपुर/ भक्तपुर क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार सोमप्रसाद मिश्रले उम्मेदवारी दर्ता गरेका छन् ।
नेमकिपाको गढ मानिने भक्तपुर क्षेत्रनम्बर १ मा एमालेका पूर्व केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकामा पूर्वमेयर मिश्र उम्मेदवार बनेका हुन।
भक्तपुर क्षेत्र नम्बर १ मा २०४८ देखि २०७९ सबै सातवटा चुनाव नेमकिपाले जित्दै आएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले २०४८ देखि २०७० सम्म पाँच पटक चुनाव जितेका थिए । भने २०७४ र २०७९ मा नेमकिपाकै प्रेम सुवाल लगातार दुई पटक निर्वाचित भएका थिए ।
तर यसपटक भने एमाले नेता मिश्रले फरक परिणाम निकाल्ने दावी गरे । उनले भने , मैले २०७४ मा मेयर हुँदा गरेको कामको प्रभाव भक्तपुर क्षेत्रनम्बर १ भरि परेकोले म जित्छु ।
उनले आफ्नो कार्यकालमा १२ हजार घरधुरीमा एक घर एक धारा, पाँच वर्षमा १०२ किलोमिटर सडक कालोपत्रे जनतालाई मिश्रले काम गर्न सक्छ भन्ने सन्देश दिएको बताए ।
उनले नेमकिपाको सदनमा एउटा मात्रै सांसद हुँदा यस क्षेत्रका नागरिकको पहुँच राष्ट्रिय राजनीतिमा थिएन, त्यसैले यहाँको विकास निर्माणमा ध्यान पुग्न सकेको छैन, अब एमालेबाट म जितेपछि राष्ट्रिय राजनीतिसँग भक्तपुर क्षेत्र नम्बर १ जोडिन्छ र यहाँको विकास हुन्छ भने ।
बचत खाता छोरीको सुरक्षा जीवन, सामुदायिक स्कुलका भवन निर्माण, एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम, एक वडा एक एम्बुलेन्स, मेयर उद्यमशीलता विकास कार्यक्रम जस्ता नीतिले आफ्नो उहाँ जिल्लाभर चर्चित रहनु भएको स्थानीय व्यवसायी अश्विन गिरी बताउछन् ।





