अछामबाट डा. रावलले गरे उम्मेदवारी दर्ता अछाम

अछाम/ सुदूरपश्चिममा देउवापछिका प्रभावशाली मानिने पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अछाम क्षेत्र नम्बर १ बाट उम्मेदवार दर्ता गरेका छन् ।
२०४८, २०५१, २०५६, २०७० र २०७४ एमालेबाट उम्मेदवार बनेका एमालेका पूर्वउपाध्यक्ष रावलले २०७९ एकल नाम पठाउदा पनि एमालेबाट उम्मेदवार हुन पाएनन् ।
लगातार अध्यक्ष केपी शर्मा ओलीसंग विभिन्न विषयमा असहमति हुँदा उनी एमालेबाट कार्वाहीमा परेका थिए ।
यसैबीचमा माओवादी, एकीकृत समाजवादी लगायतका दलबीच एकता भएर बनेको नेकपामा डा. रावल समाहित भएपछि फेरि अछाम १ का उम्मेदवार बनेका हुन । रावलले लडेका पाँच चुनावमध्ये ०४८ र ०५६ मा मात्र हार व्यहोरेका थिए ।
मनोनयनपछि पत्रकारहरुसंग कुराकानी गर्दे डा. रावलले स्वाधिनता र स्वतन्त्रता संकटमा परेकोले आफू उम्मेदावार बनेको बताए ।






