१४ माघ २०८२, बुधबार

प्रदेश सभा छोडेर डा. तारा रास्वपाबाट डडेल्धुरामा लड्दै




धनगढी/ २०७९ मा स्वतन्त्रभएर डडेल्धुरा प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा. तारा जोशी प्रतिनिधि सभा सदस्यमा उठ्ने भएका छन् ।

डा. जोशीले उम्मेदवारी दर्ता गर्नका लागि काठमाडौबाट डडेल्धुरा जान थालेको बताए ।

उनी उज्यालो नेपाल पार्टी हुँदै रास्वपा प्रवेश गरेका हुन । उनले आज वा भोली विहान प्रदेश सभा सदस्य पदबाट राजीनामा बताए ।

वामपन्थी पृष्ठभूमीका जोशी २०७० मा नेकपा (एमाले) बाट प्रतिनिधि सभा र २०७४ मा प्रदेश सभा सदस्यमा उठेर पराजीत भएका थिए ।

उनले दुई पटक एमालेको जिल्ला प्रमुख भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार