३० पुष २०८२, बुधबार

कार्वाहीपछि नयाँ नेतृत्व छान्न लागे गगन – विश्व



काठमाडौं/ नेपाली कांग्रेसभित्रको आन्तरिक कारबाहीपछि पार्टीको नयाँ नेतृत्व चयनका लागि शीर्ष नेताहरू सक्रिय भएका छन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरलगायत नेताहरू सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने कसरतमा जुटेका हुन्।

गत २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशन आज टुंग्याउँदै नयाँ नेतृत्व घोषणा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। नेतृत्व चयनबारे अन्तिम सहमति जुटाउने प्रयास जारी रहँदा महाधिवेशन प्रतिनिधिहरू भने भृकुटीमण्डपमा नेताहरूको निर्णयको प्रतीक्षामा रहेका छन्।

सभापति देउवा पक्षले तीन नेतालाई गरेको कार्वाहीलाई विशेष महाधिवेशनले खारेज गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार