झाँक्री राष्टिय सभा सदस्यको उम्मेदवार बन्ने

काठमाडौ/ गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चर्चा चलेकी एमाले नेतृ रामकुमारी झाँक्री राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार बन्ने भएकी छन् ।
गुल्मीबाट उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम गएपछि झाँक्रीलाई लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाइने भएको हो ।
झाँक्री राष्टिय सभा सदस्यको उम्मेदवार बन्ने यसअघि प्रतिनिधि सभामा समानुपातिक सांसद हुँदै मन्त्री पनि भएकी थिइन । त्यसक्रममा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेकी झाक्री समाजवादी र माओवादीको एकतापछि एमाले फर्किएकी थिइन ।
उनी ११ औ महाधिवेशनबाट केन्द्रीय सदस्य समेत निर्वाचित भएकी छन् ।




