एमालेले भण्डारी बनाउदा, कांग्रेसले कर्ण मल्ल बनाउला त ?

काठमाडौ/ राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिमबाट दुई जनाका लागि माघ ११ गते चुनाव हुँदैछ । सो चुनावका लागि आज मनोनयन हुँदैछ ।
सो चुनावमा एमालेले एमालेका केन्द्रीय सदस्य लीला भण्डारीलाई उम्मेदवार बनाउने निश्चित भएको छ । उनी ०६४ को संविधान सभा निर्वाचनमा तत्कालिन माओवादीबाट कैलाली क्षेत्र नम्बर ६ बाट निर्वाचित हुँदै डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शिक्षा राज्यमन्त्री पनि भएकी थिइन ।
माओवादीमा रहँदा भूमिगत भएर विभिन्न मोर्चा सम्हालेकी भण्डारी एमाले चितवनमा भएको १० महाधिवेशन अघि एमाले भएर केन्द्रीय सदस्य भएकी थिइन । १० महाधिवेशनबाट पनि केन्द्रीय सदस्य भएकी उनी पोलिटव्यूरो सदस्य समेत भएकी छन् ।
११ औ महाधिवेशनबाट फेरि केन्द्रीय सदस्य निर्वाचित भण्डारी कैलाली इन्चार्ज पनि भएकी छन् ।
आज मनोनयन हुने भए पनि कांग्रेसले उम्मेदवार तय गरेको छैन । एमाले, कांग्रेस र नेकपाको तालमेल अनुसार सुदूरपश्चिममा कांग्रेस र एमालेले उम्मेदवार पाउने भएका छन् ।
कांग्रेस बृतमा डडेल्धुराका पूर्व कांग्रेस जिल्ला सभापति कर्ण मल्ल उम्मेदवार बन्ने बताइएको छ । ०७४ मा प्रदेश सभा सदस्य समेत भएका मल्ल ०७९ मा भने कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध प्रतिनिधि सभा सभा सदस्य भएका थिए ।
लामो समय देउवाको सचिवालयमा काम गरेका मल्लले फेरि देउवासंग भेटघाट गरेर राष्ट्रिय सभामा उम्मेदवार बनाए कांग्रेस हुने बताएको चर्चा अहिले चुलिएको छ ।




