२३ पुष २०८२, बुधबार

ठगुन्नालाई एमालेले बनायो सुदूरपश्चिम संयोजक




काठमाडौ/ नेकपा (एमाले) को पदाधिकारी बैठकले सचुनावसम्मका लागि केन्द्रीय सदस्य गणेश ठगुन्नालाई प्रदेश संयोजक बनाएको छ । उनी १० औ महाधिवेशनपछि पोलिटव्युरो सदस्य थिए ।

यस्तै गरेर कोशी संयोजकमा सचिव शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतिमा सचिव महेश बस्नेत, राजधानीमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्विनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यमलाल कँडेल चुनावी संयोजक तोकिएका छन् ।

उपमहासचिव लेखराज भट्टले गरेको प्रेस व्रिफिंग अनुसार बैठकले भेनेजुवलामाथि अमेरिकाले गरेको आक्रमणको विरोध गरेका छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार