पार्टीले भन्यो भने प्रदेश सभाबाट राजीनामा दिएर चुनाब लड्छु : नेता मल्ल

धनगढी/ नेकपा (एमाले) का नवनिर्वाचित केन्द्रीय सदस्य चक्रबहादुर मल्लले पार्टीले आवश्यक ठानेर चुनावमा उठ्न भनेको खण्डमा आफू प्रतिनिधि ससभा ससदस्यमा उठ्न तयार रहेको बताएका छन् ।
डोटी प्रदेश सभाको क्षेत्रनम्बर १ बाट निर्वाचित मल्लले अनुमोदन खबरसंग कुरा गर्दे पार्टीले निर्देशन सदिएमा प्रदेश सभा सदस्यबाट राजीनामा गर्न तयार रहेको बताए । मल्ल निकट स्रोतका अनुसार , ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि उहाँलाई नै अगाडि सार्ने संकेत दिनु भएको छ ।’
डोटी बहुमुखी क्याम्पसको विभागीय प्रमुख पदबाट राजीनामा दिएर मल्ल एमालेको जिल्ला अध्यक्ष बनेका थिए। जिल्ला सदस्य, उपाध्यक्ष हुँदै उनले तीन कार्यकाल जिल्ला अध्यक्ष सम्हाली सकेका छन् । सोमबार बस्ने जिल्ला कमिटी बैठकले मल्लसहितका आकांक्षीहरूको नाम सिफारिस गर्ने तयारी गरेको छ।
एमाले जिल्ला सचिव पदमराज भट्टले पनि सोमबारको बैठकले आकांक्षीको नाम पठाउने बताए ।
२०५० सालबाट विद्यार्थीकालमा राजनीति सुरु गरेका मल्ल दुई कार्यकाल अखिल अध्यक्ष भए । उनी २०५७ सालमा डोटी बहुमुखी क्याम्पस स्ववियु सभापति भएका थिए।
अघिल्ला दुई पटक प्रतिनिधिसभाका लागि सिफारिस भएका मल्ल दुवै पटक प्रदेशसभा उम्मेदवार बनेका थिए। पहिले पटक पराजीत मल्ल अहिले प्रदेशसभाको कार्यकाल बाँकी रहँदै राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बन्न मल्लले अन्तिम तयारीमा छन् ।
गत प्रदेशसभा निर्वाचनमा प्रदेशसभा डोटी ‘क्षेत्रनम्बर १ का उम्मेदवार रहेका मल्लले नेपाली कांग्रेसका नरेन्द्रबहादुर सिंहलाई ४५० मतान्तरले पराजित गरेका थिए।
मल्लले १५ हजार २७९ मत प्राप्त गर्दा सिंहले १४ हजार ८२९ मतमा चित्त बुझाएका थिए। ०७४ को चुनावमा भने मल्लले कांग्रेसका भरतबहादुर खड्कासंग पराजय भोग्नु परेको थियो ।
०७९ को प्रतिनिधि ससभा सदस्यको चुनावमा व्यक्तिगतरुपमा कमजोर मानिएकी गौरीकुमारी ओलीले २३ हजार चार मत पाएकी थिइन । भने समाजवादी, माओवादी गठवन्धनका प्रेमबहादुर आलेले २७ हजार २१० मत पाएका थिए । ओली र मगरबीचको मतान्तर चार हजार २०६ रहेको छ ।
सोही मतको आधारमा मल्लले तीन दल एमाले, कांग्रेस र प्रचण्ड नेतृत्वको नेकपा अलगअलग चुनाव लड्दा सहजै जित्ने अपेक्षा गरेका छन् ।




