१२ पुष २०८२, शनिबार

रावलको नाम तीन ठाउँबाट सिफारिस




धनगढी/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नका लागि सो पार्टीका छैटौ बरियताका नेता डा. भीमबहादुर रावलको नाम सुदूरपश्चिमका तीन ठाउँबाट सिफारिस गरेको छ ।

रावलको कैलाली क्षेत्रनम्बर २ र ५ तथा अछाम क्षेत्रनम्बरबाट सिफारिस भएको छ । यस्तैगरेर कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट ४२ जनाको नाम आएको छ । नामसहित जिल्लाले नै केही नाम थप गरेर केन्द्रमा सिफारिस गरेको बताइएको छ । नेकपाका नेता कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको जिल्ला कार्यदलको बैठकले इच्छुकको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।

सुवेदीका अनुसार क्षेत्र नम्बर १ बाट नेपबहादुर चौधरी, भैरव रावल, हरि ज्ञावाली, प्रेम साउँद, बालकृष्ण चौधरी, सुरेन्द्र देउकर, ललित थापा, सरस्वती शाह र तपेन्द्र शाह गरी नौ जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ बाट डा. भीम रावल, कर्णप्रसाद जैसी, लालबहादुर सोडारी, बसन्ती डङ्गौरा, नन्दबहादुर साउँद र शिवराज सञ्ज्याल गरी छ जनाका नाम सिफारिस गरिएको छ । यस्तै, क्षेत्र नम्बर ३ बाट वीरमान चौधरी, लाजुराम चौधरी, कमलप्रसाद चौधरी, विपिन आचार्य, प्रकाश मिश्र, बिनिता चौधरी र वीरेन्द्र जिसी गरि सात जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ४ बाट पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी, हरिराम चौधरी उत्सव, कृष्णराज सुवेदी, चुनकुमारी चौधरी, लक्ष्मण
कुँवर, मीनराज बडू, लक्षिराम आचार्य, बमबहादुर बिक र उद्धव भट्टराई गरी नौ जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ५ बाट डा. भीम रावल, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, भानुभक्त जोशी, नरबहादुर शाह, ओमप्रकाश पुन, प्रेम विसी, सुरेन्द्र यादव, सुशीला बुढाथोेकी, लक्ष्मी चौधरी विनाडी, मनोज पुनमगर, डीएल भण्डारी गरी ११ जनाको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार