पुस्तान्तरण र हस्तान्तरणको एजेण्डासहित डेजी पाण्डे केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौ/ नेकपा (एमाले) कैलालीको सचिव, अनेरास्ववियूका केन्द्रीय सदस्य तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व सभापति डेजी पाण्डे नेकपा (एमाले) को ११ औ महासधिवेशनमा सुदूरपश्चिमबाट भूगोलतर्फको केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका छन्।
कैलाली जिल्लाका सचिवको जिम्मेवारी सम्हालिसकेका पाण्डे २०५७ सालमा नेपालकै ठुलो क्याम्पस मानिने कैलाली बहुमुखी क्याम्पसको सभापति निर्वाचित भई विद्यार्थी राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। २०६२र०६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा काठमाडौँ र धनगढीमा सक्रिय रूपमा सहभागी भएका पाण्डेले प्रहरीको कुटाइ तथा हिरासतसमेत भोगेका छन्।
राजनीतिक संघर्ष र संगठन निर्माणको लामो अनुभव बोकेका पाण्डे कैलाली क्षेत्र नम्बर २ बाट प्रदेश सभाका उम्मेदवारसमेत भइसकेका छन्। पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आएका उनले अहिले “पुस्तान्तरण र हस्तान्तरण” लाई मुख्य एजेण्डा बनाउँदै केन्द्रीय सदस्य जित्ने अभियान अघि बढाएका छन्। उनी स्पष्टवक्ता र इमान्दार छवीका नेता हुन ।
अनुभव र ऊर्जाको सन्तुलनमार्फत पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धतासहित मैदानमा उत्रिएका पाण्डेको उम्मेदवारीले एमालेभित्र नयाँ आशा र उत्साह थपिएको सछ उनका ससमर्थकहरु बताउछन् ।




