१ पुष २०८२, मंगलवार

चौतारीका पूर्व अध्यक्ष : अर्याल र बस्नेत एमालेका केन्द्रीय सदस्यको उम्मेदवार




काठमाडौं / नेपाली पत्रकारिताको इतिहासमा राजतन्त्रविरुद्ध निर्भीक रूपमा जनपक्षीय पत्रकारितालाई स्थापित गर्ने प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल र गणेश बस्नेतको ठुलो योगदान गरेका छन् । तीनै अर्याल र बस्नेत एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् ।

मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) लाई पत्रकारितामार्फत जनतासम्म पुर्‍याउदै निरन्तर क्रियाशील रहेका अर्याल र बस्नेत कलमका सिपाही मात्र होइनन्, प्रत्येक जनआन्दोलनका सहयात्री र प्रत्यक्ष साक्षी पनि हुन।

यससैबीच प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले एक सन्देश जारी गरेर चौतारीका पूर्व अध्यक्ष अर्याल र बस्नेतलाई एमालेको केन्द्रीय सदस्यमा भोट दिन प्रतिनिधि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार