ओलीको आरोप ईश्वर पोखरेल लगायतका केही आफू विरुद्ध वैरभाव राखेर लागे

काठमाडौ, मंसिर २५ गते/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका केही मानिसहरू आफू विरुद्ध वैरभाव राखेर लागेको बताएका छन् ।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ईश्वर पोखरेल लगायतका केही मानिसहरू आफ्नो विरुद्ध सुशीला कार्कीसँग मिलेर लागेको बताए । उहाँलाई के भएको छ कुन्नि, उहाँ त्यसरी नलागेको भए हुन्थ्यो’, उनले भने ।
सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको बताउँदै ओलीले सरकारका कुनै पनि गतिविधि आफूलाई मान्य नहुने स्पष्ट पारे । सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन जाने नजाने आफ्नो कुरा भएको बताउँदै उनले यसमा अर्ति नदिन पनि उहाँले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आग्रह गरे।
समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र नरोकिने बताउँदै ओलीले यो कुरा ख्याल गर्न कार्कीलाई चेतावनी दिए। ‘ध्यान राखेर, होस् सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु’, उनले भने ।
भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको उनले स्पष्ट पारे। आफू देश छाडेर कतै नगएको र नजाने उनले बताउनुभयो । ‘उनीहरूको ज्यान बचाउनको लागि मैले मुकाम परिवर्तन गरेँ’, उनले भने ।




